हजुरआमाहरूले सार्वजनिक गरे अमृता लम्सालको ‘हजुरआमाका कथा’

सेतोपाटीमा नियमित ‘हजुरआमाका कथा’ श्रृंखला लेख्दै आएकी अमृता लम्सालको यही शीर्षकको किताब प्रकाशित भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हजुरआमाहरूले उनको ‘हजुरआमाका कथा’ सार्वजनिक गरेका हुन्। ‘हजुरआमाका कथा’ किताबमा लम्सालका प्रकाशित तथा अप्रकाशित कथाहरू समेटिएका छन्। हजुरआमाका कथामा तेइस जना हजुरआमाका जीवन अनुभवहरू समेटिएका छन्। साथै तीन जना नातिनी पुस्ताका अनुभव पनि छन्। किताब अक्षर क्रिएशन्सबाट छापिएको हो।

हजुरआमाका कथा पुस्तकलाई ‘हर स्टोरी’कै श्रृंखलाका रूपमा प्रकाशन गरेको अक्षर क्रिएशन्सले जनाएको छ।

प्रकाशकले ‘हर स्टोरी’ अन्तर्गत पुस्तक ‘टेलिङ अ टेल’ र ‘स्वअस्तित्वको खोज’ शीर्षकका दुई किताब बजारमा ल्याइसकेको छ।

 

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६, १८:४५:००