मौरी र सुन्तला जोन नलगाड नगरपालिकामा लागु

जाजरकाेटः प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ मौरी–सुन्तला जोन जाजरकोटले नलगाड नगरपालिका दल्लीमा मौरी जोन परियोजनाको अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । जनप्रतिनिधी, सरोकारवाला र मौरी पालक किसान विच बुधबार अन्तरक्रिया तथा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीले मौरी जोन परियोजनाले किसानलाई साँचिकै व्यवसायीकरण तर्फलैजान सघाउ पुर्याउने तर्क गरेका छन ।

जाजरकोटको नलगाड नगरपालिकाका वडा नं. १ देखि ८ सम्म त्यस्तै कुशे गाउँपालिकाको वडा नं. ५ र भेरी नगरपालिकाको वडा नं. १ देखि ४ सम्माको क्षेत्रलाई समेटेर मौरी जोनको स्थापना गरिएको परियोजना प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत टंक रिजालले बताए । रिजालका अनुसार जोन क्षेत्रमा समेटेको क्षेत्रका किसानले पहिलेदेखिनै मौरीपालन गर्दै आएका छन । जिल्लामा कुल एक हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ । मौरी पालन व्यवसायलाई आधुनिकिकरण र ब्यवसायिकरण गर्न परियोजनाले किसानलाई ठुलो सहयोग गर्ने छ । महको उत्पादन, प्रशोधन र बजारीकरण गरि मुल्य श्रृखंलामा लिएर किसानलाई आत्मनिर्भर बनाउने गरि परियोजनाको लक्ष्य रहेको बरिष्ठ कृषि विकास अधिकृत रिजालले बताए ।

जोन कार्यक्रमबाट मौरीपालक किसानले तालिम, भ्रमण, प्रविधि, मौरीका घार वितरण, उपकरण वितरण, मह प्रशोधन, बजारीकरण लगायतको कार्यमा यस परियोजनाले सहयोग परियोजना प्रमुख रिजालको भनाई छ । जाजरकोटमा एपीस् सेराना एशियाली मौरी र एपीस मेरीफेरा जातको मौरी पाइन्छ । तोरी, चिउरी र पैयुँहरु प्रसस्त पाइने जाजरकोटको मह अर्गानिक हुने गरेको छ । यहाँको मह अन्य देशहरु जस्तैः युरोप, अमेरीका, जापान, चिन र भारत लागायतका देशमा निर्यात हुने गरेको रिजालले बताए । किसानहरुलाई व्यवसायिक बनाइ हाल भन्दा तेब्बर मह उत्पादन गर्ने लक्ष्य रहेको बताए । पहिलो चरणमा किसानलार्य सुचीकृत गर्ने, तथ्याकं संकलन गर्ने, तालिम दिने परियोजना प्रमुख रिजालले बताए । कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका संयोजक मानबहादुर रावलले परियोजनाले किसानको आय आर्जनमा बृद्धि गर्न र व्यवसायीकता तर्फ लैजान सघाउ पुग्नेमा आफुले विश्वास राखेको बताए ।

जाजरकोटको उत्पादन विश्व बजारमा पुर्याउनु पर्ने संयोजक रावलको भनाई छ । नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले परियोजनालाई स्थानिय सरकारले पुर्णरुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । किसालाई व्यवसायीक बन्न आग्रह गर्दै उनले नलगाड नगरपालिकाले उत्कृष्ट किसानलाई सहयोग र पुरस्कृत समेत गर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले परियोजनको पुर्ण कार्यान्वयनको लागि र उत्पादन भएको महलाई प्रचारमा ल्याउन संचारर्मीहरुले संधै सहयोग गर्ने बताए । परियोजनाको कार्यक्रमहरु सँधै पादर्शीर हुनपर्ने र नभए पत्रकारले खबरदारी गर्ने समेत अध्यक्ष सिंहको भनाई छ ।