सिता मावि काे स्वरूप फेरीयाे

नमुना विधालय बनाउने याेजना

बारेकोट गाउँपालिका वडा नं. ६ मा रहेको सिता माविको स्वारुप आजकाल फेरिएको छ । विगतमा विधालयको भवन, खानेपानी लगायतका समस्या रहेको सिता माविमा हाल पर्याप्त भवन, खानेपानी र शौचालयको समेत सुविधा रहेको छ । आफु प्रधानध्यापक भएपछि कसरी विधालयलाई राम्रो बनाउने भन्ने सोचले काम थालेको र हाल त्यो सोच पुरा हुन लागेको प्रधानध्यापक तिलक बहादुर खत्रीले बताए ।

पहिले बस्ने वेन्च समेत थिएन अहिले बेन्च र टेवुलको समेत व्यवस्था रहेको सिता मावि कक्षा ९ मा अध्ययन गर्ने कमला विकले बताइन । गत आ.व.मा बारेकोट गाउँपालिकाको आर्थिक सहयोगमा विधालयको जिर्ण भवनहरु निर्माण तथा मर्मत भएपछि आफ्ना बालबालिकाहरुले पठनपाठन गर्दा समेत सरल भएको स्थानिय अभिभावक हरि बहादुर वि.क.ले भताए । विधालयको अवस्था सुधार मात्रै नभएर भौतिक, शैक्षिक र आर्थिक रुपमा सुधार गरेर बारेकोटकै नमुना विधालय बनाउने सोच रहेको प्रधानध्यापक खत्रीले सुनाए ।


जिल्लाको विटक मानिकएको बारेकोटको सीता मावि नमुना बनाउन आफुले दिनरात खटेर काम गरेको र स्थानिय सरकार सँग समेत आर्थिक र भौतिक पूर्वाधारको सहयोग मागेर भएपनि विधायललाई सुधार गर्ने र यो विधालयलाई जसरी भएपनि बारेकोटकै नमुना विधालय बनाएरै छोड्ने विधालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कार्कीले जानकारी गराए । यसको लागि विधालय व्यवस्थापक समिति, अभिभावक, सरोकारवाला र स्थानिय हरुसमेतले सकारात्मक भुमिका खेलेमा झनै सहज हुने अध्यक्ष खत्रीले बताए । विधालयलाई सुधार गर्नकोलागि भौतिक तथा आर्थिक सहयोग गर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए । सिता मावि मात्रै नभएर बारेकोटका सबै विधालयको भौतिक,शैक्षिक अवस्थालाई सुधार गरेर शिक्षाको पहुचलाई माथि उठाउने अध्यक्ष शाहको भनाई छ ।