सत्तारुढ नेकपा, जाजरकोटकाे बैठक सम्पन्न

पालिका अध्यक्ष,सचिबको लाग्यो टुङ्गो

जाजरकाेटःसत्तारुढ नेकपा, जाजरकोटको बैठक आईतबार सम्पन्न भएको छ । जिल्लाका सात वटै पालिका स्तरीय पार्टी कमिटीका अध्यक्ष र सचिबको नाम टुङ्गो लगाउदै बैठक सम्पन्न भएको हो । आईतबार बसेको जिल्ला कमिटीको बैठकले ४५ सदस्य सचिवालय गठन, २२ वटा बिभाग गठन गर्नुको साथै जिल्लाका सात वटै पालिका स्तरीय पार्टी कमिटीका अध्यक्ष र सचीबको नाम टुङ्गो लगाएको जिल्ला कमिटी सदस्य सुरेन्द्र चन्द (सेवक) ले जानकारी दिए । साथै बैठकले पालिका स्तरीय पार्टी कार्यक्रमको समय तालिका निर्धारण गरेको चन्दले बताए । चन्दले दिएको जानकारी अनुसार दिपावली भन्दा अगाडी नै जिल्लाका सबै पालिकामा पार्टीले कार्यक्रम गर्ने भएको छ ।

पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच पार्टी एकता भएको लामो समय भएपनि हालसम्म पालिका स्तरीय पार्टी कमिटीका अध्यक्ष र सचिबको नाम टुङ्गो लागेको थिएन् । आईतबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न जिल्ला कमिटीको बैठकले जिल्लाका सात वटै पालिकाका अध्यक्ष र सचिबको नाम टुङ्गो लगाएको छ । ‘पालिका स्तरीय पार्टी ईन्चार्जको लागि सैद्धान्तिक सहमति भईसकेको छ तर, नाम राख्न भने अझै बाँकी रहेको सदस्य चन्दले बताए ।’

चन्दले दिएको जानकारी अनुसार भेरी नगरपालिका पार्टी कमिटीका अध्यक्षमा मुकुन्द शर्मा, सचिवमा ललित विक रहेका छन् । नलगाड नगरपालिका पार्टी कमिटीका अध्यक्षमा गणेशबहादुर सिंह, सचिवमा जनक शाही रहेका छन् । छेडागाड नगरपालिका पार्टी कमिटीका अध्यक्षमा जयराम शर्मा, सचिबमा प्रेमबहादुर खत्री रहेका छन् । 

त्यसैगरि बारेकोट गाउँपालिका पार्टी कमिटीका अध्यक्षमा हरिबहादुर थापा , सचिबमा भक्तबहादुर बस्नेत रहेका छन् । कुशे गाउँपालिका पार्टी कमिटीका अध्यक्षमा गम्बुबहादुर सिंह, सचिबमा नरबहादुर मल्ल  रहेका छन् । जुनीचाँदे गाउँपालिका पार्टी कमिटीका अध्यक्षमा जयबहादुर घर्ती, सचिबमा गणेश उपाध्याय रहेका छन् । शिवालय गाउँपालिका पार्टी कमिटीका अध्यक्षमा रङ्गनाथ योगी, सचिबमा गोविन्द घर्ती रहेका छन् ।  पार्टी स्थायी समिति सदस्य, प्रतिनीधि सभा सदस्य, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आथित्यता र पार्टी अध्यक्ष ढकवी रानाको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य तथा पाटी केन्द्रिय सदस्य कालीबहादुर मल्ल, भैरव सुन्दर श्रेष्ठ, रामदीप आचार्य, निरज आचार्यको उपस्तिथि रहेको थियो ।