जाजरकोटका सुन्तला सुर्खेतमा प्रदर्शन हुने

सुन्तला ढुवानि अनुदान इकाइ जोनले बेहोर्ने

जाजरकोटमा उत्पादन भएको सुन्तला सुर्खेत महोत्सबमा प्रदर्शन तथा विक्रि गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ सुन्तला जोनको ढुवानी अनुदानमा सुन्तला सुर्खेत लगिने भएको हो । सुर्खेतमा पौष ४ गते देखि १० गते सम्मा लाग्ने सुर्खेत महोत्सबमा जाजरकोटका सुन्तला प्रद्धर्शन हुने भएका छन ।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका ५ बाट १० क्वीन्टल (१ टन) र नलगाड नगरपालिका ३ चाउनले चौरबाट १० क्वीन्टल (१ टन) गरि जम्मा २० क्वीन्टल सुन्तला सुर्खेत लगिने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाइ प्रमुख टंक प्रसाद रिजाले बताए । जिल्लाको अर्गानिक उत्पादनलाई महोत्सब मार्फत प्रचार, प्रवद्र्धन र बजारीकरण गरिने प्रमुख रिजालले बताए । नलगाड नपा ६ बाट मान बहादुर विष्ट र कुशे गाउँपालिका ५ बाट शक्ति बहादुर वली र प्रगतिशिल कृषि सहकारी मार्फत सुन्तला सुर्खेत लगिने भएको हो । किसानले जति ढुवानी गर्न सक्छन त्यो सबै ढुवानीको खर्च अनुदान मार्फत परियोजना जोनले बेहोर्ने समेत इकाई प्रमुख रिजालले बताए ।

यो बर्ष जाजरकोटमा २ करोड बराबरको सुन्तला उत्पादन भएको इकाइ प्रमुख रिजालले बताए । जाजरकोटमा उत्पादन भएको किसानको कुनैपनि बस्तु बजार सम्मा पुग्नकोलागि सडक र यातायातको समस्या भएको उनको भनाई छ । परियोजनाले यस बर्ष देखि कुशे गाउँपालिका ५ मा सेलार प्रणाली जडान गर्ने भएकोले अर्काे बर्ष देखि किसानलाई लामो समय सम्मा सुन्तला भण्डार गर्न सहज हुने समेत बताए ।