भालुको आक्रमणमा परि एक महिला घाईते

उप स्वास्थ्य चौकी रामिडाँडामा उपचार हुदै

जाजरकोटको बारेकोट गाउँपालिकामा भालुको आक्रमणमा परि एक महिला घाईते भएकी छन । बारेकोट गाउँपालिका वडा नं. १ कि रिता बोहरा भालुको आक्रमणबाट घाईते भएकि हुन । भगवती प्राथमिक विधालय बयालकि प्रधानध्यापक समेत रहेकि रिता बोहरा शिक्षाका लागि खाद्य कार्यक्रमले नलगाड नगरपालिकाको दल्लीमा दिएको २ दिने गोष्ठिमा सहभागि भएर शनिबार घर जानेक्रममा बारेकोट गाउँपालिका १ सिनाकोट र रामिडाँडाको बिचमा रहेको जंगलमा उनलाई भालुले आक्रमण गरेको हो ।

दुईवटा बच्चा सहित रहेको भालु विगत लामो समयदेखि यहि जंगलमा रहेको कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक पृथीराज ज्योतीले जानकारी दिए । भालुको आक्रमणबाट घाईते भएकि बोहराको प्रथामिक स्वास्थ्य चौकी रामिडाँडामा उपचार भईरहेको बारेकोट गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत गोविन्द बहादुर सिंहले बताए । घाईते बोहरालाई रेबिज विरुद्धको भ्याक्सीन दिनु पर्ने भएकोले जिल्ला अस्पतालबाट रेबिज विरुद्धको भ्याक्सीन ल्याएर लागाईएको समेत प्रधानाध्यापक निमित्त कार्यकारी सिंहले बताए । जंगाल विनासको कारणले बन्यजन्तुहरुको आहार नहुने र आहार र बासस्थानको खोजीको लागि जंगलिजनवरहरु गाउँतिर पस्ने र कतै मानिसहरु समेत जंगली जनवरको आक्रमणमा पर्ने गरेको सिंहको भनाई छ ।