भलिबलमा चुलि युवा क्लब र एपिएफ फाइनलमा प्रवेश

प्रथम पुरस्कार १ लाख ५० हजार

रमाइलो मेला खेल विशेषः चेम्बर्स अफ कमर्सले मुख्य आयोजना गरेको रमाईलो मेला तथा सँस्कृतिक महोत्सवको आज चौथो दिनको भलिवल खेलमा सेमी फाईनल खेल्दै शसस्त्र प्रहरी बल (ए.पी.एफ.) र चुलि युवा क्लव सुर्खेतले फाइनल खेल्नको लागि आफ्नो स्थान पक्का गरेका छन । आज भएको खेलमा नेपाल आर्मीलाई हराउदै एपिएफ र झर्रा टिम जुनिचाँदेलाई हराउदै चुलि युवा क्लव दुबै टिम फाईनलमा प्रवेश गरेका हुन ।

बुधबार हुने खेलमा तेस्रो स्थानकालागि झर्रा टिम जुनिचाँदे र नेपाल आर्मी बिच प्रतिस्पर्धा हुनेछ भने प्रथमकालागि एपीएफ र चुलि युवा क्लब विच प्रतिस्प्रधा हुने आयोजकले जनाएको छ । भलिवलमा हाल सम्माकै सबैभन्दा ठुलो धनराशी १ लाख ५० हजारको पुरस्कार घोषणा गरिएको छ ।