तरकारीमा आत्मानिर्भर छौः जिल्ला कृषि, बाहिर बाट खरिद गरेर ल्याउछौ व्यापारी

स्थानिय हरियो प्याज समेत अभाव

जाजरकोट- प्रायः खाद्य तथा तरकारीकोलागि पर निर्भर रहेको जाजरकोट खलंगा बजारमा प्याज, टमाटर, काउलि, बन्दा, आलु, केरा, खुर्सानी लागायतका तरकारी बाहिर बाट निर्यात गरेर खानु पर्ने बाध्यता रहेको छ । स्थानिय किसानहरुले उत्पादन गरेको तरकारीले ३ /४ महिना बाहेक अन्य समयमा बाहिर बाट नै आयात गर्नु पर्ने स्थानिय व्यापारी चन्द्रबहादुर बुढाथोकीले बताए । आजभोरी भारतबाट प्याज आयात हुन छाडेपछि स्थानिय बजारमा प्याजको अभाव भएको छ । बजारमा प्याजको अभाव भएसँगै स्थानियले हरियो प्याज बजारमा ल्याएर बेच्न थालेका छन ।

भान्साकालागी अति आवश्यक बस्तु मानिएको प्याज अभाव भए सँगै स्थानिय हरियो प्याजको मुल्य समेत आकासीएको छ । स्थानिय किसानले बजारमा ल्याएको हरियो प्याजको मुल्य प्रति किलो ८० देखि ९० रुपौयाँ सम्मा पर्न गएको छ । स्थानिय किसानले उत्पादन गरेको हरियो प्याज समेत प्रयाप्त मात्रामा नपाइने स्थायिन व्यापारी चन्द्र बहादुर बुढाथोकीले बताए । प्याजको महंगी भए सँगै बजारमा प्याज देखिन छाडेको स्थानिय व्यापारी अम्बीका थापाले बताईन ।

बजारमा प्याजको अभाव हुदा किसानले उत्पादन गरेको हरियो प्याजमा समेत कालोबजारी भएको स्थानिय होटल व्यवसायी हरि ब विश्वकमाको भनाई छ । बिहानै उज्यालो नहुदै बजारमा गएपनि प्याज नपाइने हरि ब विश्वकर्मा को भनाई छ । तर जाजरकोट तरकारीमा आत्मा निर्भर नै रहेको जिल्ला कृषि बिकास कार्यालयको दाबी छ । हामी स्थानिय बजारमा बिक्रि नभएर बाहिर निर्यात गर्ने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी टोप बहादुर नेपालीले बताए । बजारमा प्याज मात्रै नभएर सबै तरकारीको भाउ आकासीएको स्थायिन लोकेन्द्र वि.क.ले बताए ।