रमाईलो मेलामा भलिवलको उपाधी चुलिले उचाल्यो

प्रथम पुरस्कार १ लाख ५० हजार

रमाईलो मेला तथा सँस्कृतिक कार्यक्रम २०७६ को अवसरमा आयोजन गरिएको भलिवल प्रतियोगितामा प्रथम स्थान चुली युवा क्लव सुर्खेतले हाँसीले गरेको छ । प्रथम स्थानको जित सँगै हाल सम्मकै ठुलो पुरस्कार राशी १ लाख ५० हजार नगद, मेडल र प्रमाण पत्र समेत प्रदान गरीएको छ । चेम्बर्स अफ कमर्स जाजरकोटले आयोजन गरेको रमाईलो मेला तथा सँस्कृतिक कार्यक्रममा शसस्त्र प्रहरीको (एपीएफ) ले दोस्रो स्थान हाँसीले गरेको छ ।

एपीएफले नगद १ लाख सहित मेडल र प्रमाण पत्र समेत प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा नेपाल आर्मीले ओगटेको थियो जसलाई ५० हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । शसस्त्र प्रहरीको एपिएफलाई हराउदै चुली युवा क्लबले प्रथम स्थान ओगटेको हो भने । झर्रा भलिवब टिम जुनिचाँदेलाई हराउदै नेपाल आर्मीले तस्रो स्थान हासीले गरेको हो ।

विजयी खेलाडीहरुलाइ मेला समापनका अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनवहादुर रावलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । जिल्लामा भलिवल खेलको प्रवद्र्धन गर्न र युवाहरुलाइ खेलजगतमा आकर्षित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको चेम्वर अफ कमर्स जाजरकोटका अध्यक्ष एवम मेला आयोजक समितिका अध्यक्ष विस्वविक्रम शाहले वताए । उनले जाजरकोटको सवै भन्दा ठुलो मेला रमाइलो मेलाको प्रमुख आकर्षणको रुपमा रहेको भलिवल खेललाइ प्रवद्र्धन र विकास गर्नका लागि ठुलो धनरासीको खेल आयोजना गरिएको वताए । ७ वटा समुहका विचमा भएको प्रतिष्पर्धा पुस १२ गते देखि सुरु भएको थियो । यस्तै भलिवल प्रतियोगिताको समापन संगै ५ दिने रमाइलो मेला पनि सकिएको छ । चेम्वर अफ कमर्श जाजरकोटको अगुवाइमा सन्चालित रमाइलो मेला औपचारिक रुपमा वुधवारवाट सकिएको छ । विगत ४७ बर्ष देखि लाग्दै आएको रमाईलो मेलामा यस बर्ष भने हाल सम्माकै ठुलो पुरस्कार राशी रहेको मेला आयोजक तथा चेम्बर्स अफ कमर्सका अध्यक्ष विश्व विक्रम शाहले बताए ।

प्रत्यक वर्ष पुस १३ देखि १५ गते सम्म लाग्ने रमाइलो मेलामा जिल्लाको कला सस्कृति र मौलिकता देखिने झाँकी तथा गीत नाँचहरु प्रस्तुत गर्ने भनिए पनि गतिलो योजनाको अभावमा त्यसो हुन नसकेको स्थानीय सरोकारवालाहरु वताउछन् । नजिकैको केहि प्रस्तुतीहरु वाहेक आम रुपमा जिल्लाको मौलिकता झल्कने प्रस्तुतीहरुका लागि स्थानीय सरकार र सरोकारवालाहरुले उचित ध्यान दिन जरुरी रहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताए ।