जाजरकोट लगायत उच्च भेगमा हिमपात जनजिवन कष्टकर

हिमपात सँगै संचार सेवा अवरूद्द स्थानियलाइ समस्या

जाजरकोटका ग्रामिण तथा उच्चभेगमा आज विहानै देखि बर्षा सँगै हिमपात भएको छ । पौषको मध्यमा अत्यधिक चिसो बढ्नुका साथै भारी हिमपात भएपछि उच्च भेगका बासीन्दालाई समस्या भएको छ । हिमपातले गर्दा दैनिक कामकालागि निस्कने किसानहरुलाई समस्या भएको छ । बर्षा र हिमपात भएपछि जाजरकोटबाट जुम्ला र डोल्पा जाने हिमालि बाटो समेत बन्द भएको छ । यसले गर्दा जाजरकोटबाट चाखुरे हुदै जुम्ला र डोल्पा जाने र आउने यात्रुहरुलाई समेत समस्या भएको छ । त्यस्तै हिमपात भएपछि जाजरकोटका ग्रामिण क्षेत्रमा रहेका नमस्ते र स्काई फोनको टावरले काम गर्न छोडेपछि संचार सेवा समेत अवरुद्धा भएको छ ।

संचार अबरुद्ध भएपछि त्यसक्षेत्रका स्थानियलाई थप समस्या भएको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द बहादुर सिंहले बताए । विद्युतसेवा नभएको र सोलारको भरमा चलेका स्काई फोनका टावरमा ब्याट्रिहरु चार्ज नहुदा समस्या भएको हो । संचार सेवा अवरोध हुदा बारेकोट गाउँपालिका, कुशेगाउँपालिका, जुनिचाँदे गाउँपालिकाका विभिन्न सरकारी सेवामा समेत प्रभाव परेको छ । संचार अभावमा दैनिकरुपमा हुने काममा पनि समस्या हुने गरेको स्थानियहरुको गुनासो गरेका छन । तीन दिन देखि फोन सेवा अवरुद्ध भयो । त्यसैले कतै फोन हुन नसकेको बारेकोट गाउँपालिकाका स्थानिय जगत सिंहले बताए । घामलागेको बोलामात्रै फोनको सेवा पाउने बारेकोटवासी हाल घाम समेत नहुदा संचार सेवाबाट बन्चित हुनु परेको स्थानियको भनाई छ ।