कृषि पेशालाई प्रबद्र्धन गर्न होटलमा अन्तरक्रिया

कृषि व्यवसायलाई प्रवद्र्धन गर्न खलंगामा अन्तरक्रिया गरिएको छ । जाजरकोटको थकाली होटलमा सोमबार सेवाप्रदायकसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कृषि क्षेत्र बिकास कार्यक्रमको आयोजनामा सेवाप्रदायकहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्लामा रहेका लघुबित्त एवं बित्तिय संघसंस्थाका प्रमुख तथा प्रतिनीधि, सहकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, निर्जीवन बीमा कम्पनीका प्रमुख तथा प्रतिनीधि, एग्रोभेट संचालकहरु तथा अन्य सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको थियो । खशीबोका, नगदेबालि, बेमौसमी तरकारी, बेसार, टिम्बुर, दुधडेरी, मौरी मह मुल्यश्रृङखलामा काम गर्दै आएको कृषि क्षेत्र बिकास कार्यक्रमले गरिबी र भोकमरीलाई शुन्यमा झार्ने लक्ष्य लिएको कृषि क्षेत्र बिकास कार्यक्रमका ईकाइ प्रमुख सुरेश कुमार थापाले बताए ।

मुल्यश्रृङखलामा उत्पादन, बजार तथा उपभोक्तालाई केन्दुबिन्दुमा राखेर काम गर्नुपर्ने बताउदै ईकाई प्रमुख थापाले कृषि व्यवसायका सेवाप्रदायकहरुमा ऋण प्रवाह गर्ने लघुबित्त एवं बित्तिय संघसंस्था, कृषि औजार तथा उपकरणहरु उपलब्ध गराउनलाई एग्रोभेट, किसानहरुको जोखिमतालाई न्युनिकरण गर्न निर्जीवन बीमा कम्पनी, ब्यबसाय प्रबद्र्धन गर्नका लागि समुह, सहकारी र निजी फर्महरु रहेको बताए । अन्तरक्रिया कार्यक्रममा ब्यबसाय र सेवाप्रदायहरुको सेवा नक्साङकण गर्नुको साथै जोखिमता र चुनौतिहरुको पहिचान गरिएको थियो ।