बालमैत्री विद्यालयहुदा विधार्थी नियमित

बारकोट गाउपालिका ६ मा रहेको सिता माध्यामिक विद्यालय बालमैत्री विद्यालय बनेको छ । बालबालिकाको क्षमता बृद्धि गर्न सीता मा.वि. कार्कीज्युलाले बालबालिकाको लागी मनोरन्जन तथा शैशिक सामग्री बाट शिक्षण कार्य गरिरहेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा सिता माविले बालमैत्री विधालय सुचारु गरेको छ ।

ग्रामीण बस्ती, यातायात र सञ्चारको हिसाबले समेत दुर्गम रहेको सिता मावि कार्कीज्युलामा कक्षा कोठा भित्रै आधुनिक खाल्का हाते तथा खुट्टे पिङ, गाडी, बगर, नाउ, चिप्लेरी, डोरी, लगाएतका शैक्षिक तथा खेलकुद सामग्री उपल्बध गराई बिद्यार्थीको बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पारेर शिक्षणमा सहजता आएको र विद्यालय आउने बालबालिका समेत नियमित आउने गरेको सिता मावि कार्कीज्युलाका प्रधानध्यापक तिलक बहादुर खत्रीले बताए ।

बालबिकास केन्द्रको तहमै थोरै पाठ्क्रम हुने र खेलको माध्यमबाट सिकाइ हुने भएकोले बालबालिकालाई सिर्जनात्मक र नैतिकवान बनाउने खालको पाठ्यक्रमलाई शिक्षाको बिकासको रुपमा लिइएकोले बालमैत्री विधालय बनाउन लागि परेको प्रधानध्यापक खत्रीले भनाई ।
बालबालिकाको क्षमताको बृद्धीको क्रममा एकीकृत स्वावलम्बी सहयोगी, सांस्कृतिक तथा सामाजिक र घरेलु सीपको पनि बालकेन्द्र बाटनै प्रयोगात्मक पाठ्यक्रमको माध्यामबाट बिद्यार्थीको सिकाई क्रियाकलापको बिकासमा जोड दिएको प्रधानध्यापक खत्रीले बताए ।
बारेकोटमा शिक्षाको पहुच भन्दा टाढा रहेका दलित तथा बिपन्ना, बालबालिकालाई शिक्षाको पहुचमा जोड्ना र बिद्यार्थीको क्षमतालाई बृद्धि गरि आत्म निर्भर र शसक्त बनाउन लागेकोले बालमैत्री विद्यालय बनाउन लागेको प्रधानध्यापक खत्रिले जानकारी दिए ।