सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाद्वारा राजीनामा !

सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिइसकेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सदनमा जानकारी गराउँदै भने, ‘मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसक्नु भएको छ।’

उनले सदनमा भनेका छन् – अनौपचारिक रूपमा राजीनामा गरेको जानकारी प्राप्त भएको छ। मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।