सुन्दर्ताले भरिपुर्ण, स्वर्गको एकटुक्रा बारेकोट ।

एकपटक पुग्नै पर्ने ठाउँ

जाजरकोट जिल्लाको  बारेकोट भौगोलिक हिसावले दुर्गम गाँउपालिकाको रुपमा चिनिदै आएको छ । भाैगोलिक हिसावले बिकट भएर पनि प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको छ ।  १२ ओटा कोट (दरा) मिलेर बारेकोट बनेको हो बारेकाेट गाउँपालिकाका जानकार राजुराजा सिंहकाे भनाई छ । यो गाँउपालिका जुम्ला र डोल्पा जिल्ला सँग सिमाना जोडिएको छ ।

उत्तरमा जुम्ला र डोल्पा जिल्लालाई सिमाना बनाएर सेताम्य दन्त लहर जस्ता कुशे र चाखुरे हिमाल हासिरहेका जस्ता देखिन्छन् । यतिवेला आरु, नास्पति, मेल र पँयु फुलेर झन बारेकोटको सौन्दर्यमा माधुर्यता थपिएको छ । हिउँद याममा सेताम्य हिमाल, लालिगुराँस र अन्य माैसमि फुलहरुले सुन्दरता बढाएका हुन्छन भने बर्खामा हरियालि फाँटहरु, झरण र तालहरुले बारेकोटको सुन्दरता बढाएका हुनछन् ।  विभिन्न ठाँउबाट प्राकृतिक  सुन्दरताको दृश्यावलोकन गर्न सकिन्छ ।

सदरमुकामबाट खारासम्म गाडीमा गएर त्यहाँबाट  पैदल हिडेपछि  ५ देखि ६ घण्टा हिडेपछि  बारेकोट पुग्न सकिन्छ, भने खलंगा देखि पाँचकाटिया हुँदै हान्ने सल्लाको लेक काटेर तथा गर्चिन हुँदै रामीडाँडा भएर पनि बारेकोटको पदयात्रा गर्न सकिन्छ ।

अवको तीन महिना भित्र गाडीमै बारेकोटको प्रशासनिक केन्द्र लिम्सा पुग्न सकिने गरि सडक निर्माणको काम भैरहेको बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । पर्यटन पदयात्रका लागी बारेकोट निकै आर्कषक गन्तब्य हो ।

बारेकोटबाट जुम्ला सम्म पदमार्गबाट यात्रा गर्ने गरि पर्यटन गुरुयोजना बनाउने तयारी रहेको अध्यक्ष शाहको भनाई छ । बारेकोटमा हिमश्रृङखला, तालतलैया, बन्यजन्तु, विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरुको दृश्यावलोकन समेत गर्न सकिनेछ ।