असारी नेपाली बजारमा

नव गायक टकेन्द्र राेकायको दाेस्राे गिती एल्बम असारी बजारमा आएको छ ।  बारेकोट गाउँपालिका–२ लिम्साका टकेन्द्र रोकायको भिडियो सहितको असारी  गीत सार्बजनिक भएको छ । भिडियो सहित रोकायको गीत असारी  लाई युथआर्ट मिडिया प्रा. लि. ले बुधबार म्युजिक नेपाल युटुव च्यानलबाट सार्बजनिक गरिएको हो ।

कर्णाली प्रदेश सरकारको जाजरकोट स्थित पुर्वाधार बिकास कार्यालय निमित्त प्रमुख टकेन्द्र रोकायको आफ्नै शब्द, संगीत र स्वरमा सजियको गीत असारी मा केशब श्रेष्ठ, सुमिना क्षेत्री, रुपेन्द्र सिंह र काली बहादुर बुढाले सुन्दर तरिकाले अभिनय गरेका छन् । लोक पप प्याटनमा रहेको गीत असारी  ले गरिबी, बेरोजगारीमा रहेको गाउँले जीवनशैलीलाई चित्रन गरेको छ । पढाई पुरागरेका तर, बेराजगार गाउँले युवाहरुलाई गीतले सरकारी जागिरमा लाग्न उत्प्रेरित गर्ने अपेक्षा राखिएको छ ।

सरकारी जागिरमै रहेका युवा गायक रोकायले अन्य गीतहरु भन्दा यस गीतमा छुट्टै प्रकारको कथा बस्तुलाई समेट्ने प्रयास गरेका छन् । मौलिक कथा बस्तुमा निर्माण भएको गीत असारी ले एक गाउँले गरिब जिवनको यथार्थतालाई झल्काउने प्रयास गरेको छ ।

गायक रोकायको असारी गीतको म्युजिक भिडियोमा हेमन्त भुसालले निर्देशन गरेका छन भने, कालिबहादुर बुढाले सह–निर्देशन गरेका छन । भिडियोको छाँयाङकण अमृत बाबू केसीले गरेका छन् । उक्त गीतको भिडियो छाँयाङकण कर्णाली प्रदेश, सुर्खेत जिल्लाको छेडा बजारको आसपासमा गरिएको थियो । गायक रोकायले यो भन्दा अगाडी बजारमा ल्याएको गोठम मेरो मालु गाई युवापुस्ताको सर्बाधिक रोजाईमा परेको गीत हो ।