जाजरकोटका १४ जनाको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ 

जाजरकोट अस्पतालले भारत लगायत मुलुकबाट आएका र ज्वरो तथा खोकीको लक्षण देखिएकाको नोजोफ्यारेन्जल स्वाब संकलन गरी  पठाएको नमुनाको रिपोर्ट नेगेटिभ  आएको छ । भारत लगाएत तेस्रो मुलुकहरुवाट जिल्ला भित्रिएर क्वारेन्टाइनमा राखिएका जाजरकोटका १४ जनाको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ भेटिएको छ । कोरोनाको संक्रमण भएको या नभएको वारे जाँच्नका लागि सुर्खेत स्थित क्षेत्रिय अस्पतालमा गरिएको स्वाव परीक्षणवाट उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

भेरी नगरपालिकाले स्थापना गरेका विभिन्न हेल्प डेस्क र स्वास्थ्य सस्थाहरुमा भारत तथा अन्य तेस्रो मुलुलकवाट जाजरकोट आएकाहरुको संक्रमण जाँच्न स्वाव परीक्षण गरिएको थियो । भेरी नगरपालिकाका विभिन्न वडामा जिल्ला वाहिर तथा देश वाहिरवाट आएका विभिन्न १४ जनाको स्वाव परीक्षणका लागि सुर्खेत स्थित क्षेत्रिय अस्पतालमा स्वाभ पठाइएको र सवैको रिपोर्ट नेगेटिप आएको भेरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख निशा थापाले वताइन् ।  उनले स्वाभ परीक्षणका लागि पठाइएका मध्य सवैको रिपोर्ट नेगेटिभ आएको वताइन् ।

उनका अनुसार जिल्ला तथा देश वाहिरवाट आएर कोरोनाको संक्रमणको आशंकामा स्वाव परीक्षण गरिएका भेरी नगरपालिका १ का रत्न पुन, वडा नम्वर ७ का गणेश टमाटा, वडा नम्वर २ की सपना पुन, वडा नम्वर १का झलक विक,वडा नम्वर १२ का तिलक राना, दिपवहादुर मल्ल, सागर चनारा, निखिल मल्ल, वम वहादुर मल्ल, वडा नम्वर ७ का मानवहादुर शाही र विशाल विक, वीरवहादुर अधिकारी र वडा नम्वर ९का शुसीला विक र कल्पना वुढा सवैको रिपोर्ट कोरोना नेगेटिप आएको प्रमुख थापाले वताइन् ।

उनीहरु मध्य १२ जनालाइ होम क्वारेन्टाइन र दुइ जनालाइ भेरी नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालय थाप्लेचौरमा निर्माण गरेको क्वरेन्टाइनमा राखिएको छ । नगरपालिका भित्र कोरोनाको संक्रमण रोक्नका लागि आफुहरुका तर्फवाट व्यापक तयारी तथा होसियारी अपनाइएको नगर प्रमुख चन्द्रप्रकाश घतीले वताए ।
उनले नगर क्षेत्रभित्र वाहिरवाट आउने कोहि पनि व्यक्तिलाइ कडा निगरानी गर्ने र उनीहरुको स्वास्थ्य जाँच गरेर अवस्था वुज्नका लागि सवै संयन्त्रहरु आक्रामक रुपले परिचालन गरिएको वताए । जिल्ला सदरमुकाम स्थित ५० सैयाको अस्पतालमा स्वाप परीक्षणको किट नभएपछि उनीहरुको स्वाव सुर्खेत पठाइएको थियो ।