वडा अध्यक्ष सि‌ंहले गरिन राहत वितरण

कुशे गाउँपालिका वडा नंं. ९ कि अध्यक्ष देविका सिंहले आफ्नो व्यक्तिगत लगानिमा १० घरपरिवारलाई पुग्ने गरी राहत वितरण गरेकि छन् ।

अति गरिब तथा बिपन्न बर्गलाई छनोट गरेर राहत वितरण गरेको अध्यक्ष सिंहले बताईन् । उनका अनुसार आइतबार वडा कार्यालयबाट एक बोरा चामल, एक किलो नुन, एक किलो दाल र राहत चामल लिन आउने व्यक्तिहरुलाई एक एक थान माक्स समेत वितरण गरेको उनको भनाई छ । देशमा भएको लामो लगडाउनले गर्दा खाना नपुग्ने विपन्न परिवारलाई राहत वितरण गरेको उनको भनाई छ ।

यता राहत चामल पाएर साँझ विहना हातमुख जोडिने भएपछि स्थानिय हरुले खुसी व्यक्त गरेका छन । काम गरेर खाने गरेका थियौ अहिले सबै काम बन्द भएकोले समस्याभएकै बेला चामल नुन पाएर निकै खुसी भएको स्थानिय मनसुर कामीको भनाई छ । हामी गरिबकोलागि सरकारले अझै ठुलो राहतको व्यवस्था गर्नुपर्ने चम्फा सुनारको भनाई छ ।

स्थानिय वासीहरुको समस्यालाई मध्यनजर राखेर आफु पुर्णरुपले लागि परेकोले थप राहतको व्यवस्थापनकोलागि सबै सँग समन्वय गरीरहेको अध्यक्ष सिंहको भनाई छ ।