बारेकोटमा ५५ जनाको आरडिटि परिक्षण सबैको रिपोर्ट नेगेटिभ

जाजरकोटः बारेकोट गाउँपालिकामा हाल सम्मा ५५ जनाको आरडिटि परिक्षण गरिएको छ । जसमा ५५ जनाकै नतिजा नेगेटिभ आएको छ ।

बारेकोट गाउँपालिका विभिन्न क्षेत्रमा बसोबास गर्ने र अन्य देश बाट आएका गरि जम्मा ५५ जनामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटि) परिक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको बारकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए ।

विश्वमा कोरोनाको महामारी फैलिएको बेला हाल नेपालमा पनि यसको रोकथामको लागि परिक्षणको दायरा बढाईएको छ । जस अनुसार बारेकोट गाउँपालिकामा पनि परिक्षणको कार्य थालिएको छ ।