लकडाउन १० दिन थपियो, वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौँः  सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको एक मन्त्रीले कान्तिपुरलाई बताए ।

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।