द्रुत परीक्षणमा ७० जनाको रिपोर्ट नेगेटिभ

परिक्षणपछि सबैलाई घर पठाउने तयारी

जाजरकोटः बारेकोट गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ७० जनाको द्रुत परीक्षण (र्यापिड डाइग्नोस्टिक टेष्ट) बाट कोरोना परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

देशको विभिन्न क्षत्रमा काम र अध्ययनको शिलसिलामा बाहिर गएका र हालै बन्दाबन्दीको विचमा बारेकोट गाउँपालिकामा आएर क्वारेन्टाईनमा रहेका ७० जनाको द्रुत परीक्षण गरिएको बारेकोट स्वास्थ्य शाखाको अहेव डम्बर बिक्रम कार्कीले बिगन्युज खबरलाई जानकारी दिए । उनका अनुसार परिक्षण पछि सबैलाई घर पठाउने तयारी भएको बताए ।

आज गरिएको परिक्षणमा १२ जना महिला र ५८ जना पुरुषको द्रुत परीक्षण (र्यापिड डाइग्नोस्टिक टेष्ट) मा काेराना रिपोर्ट  नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए । प्रदेश सरकारले कोरोना परिक्षणकोलागी आवश्यक किट पठाएकोले गाउँपालिकाको क्वारेन्टाईनमा रहेकाको परिक्षण गरिएको प्रमुख सिंहले बताए । हाल सम्मा बारेकोट गाउँपालिकामा गरिएको परीक्षण सन्तोषजनक नै रहेको उनले बताए  ।