नेकपा सचिवालय बैठक सकियो, २० गते फेरि बस्ने

काठमाडौँः सत्तारुढ नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठकबारेमा छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठक र अरु निर्णय पनि गर्ने बताए ।