चाैरजहारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेबिसंघको बिशाल जुलुस

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोतिमा गत १० गते विभत्सरुपमा ६ जना युवाहरुको हत्या गरेका दोषीहरुलाइ सजाया र पिडितहरुलाइ न्यायको माग गर्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ जाजरकोटले आइतवार जाजरकोट खलंगामा विरोध जुलुस निकालेको छ ।


सोति घटनालाइ राजनीतिकरण गरेर दोषीलाई उम्काउने प्रयास भएको भन्दै सम्वन्धित पक्ष र सरकारलाई दवाव दिन नेविसंघले विरोध जुलुस गरेको हो । वलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकि निर्मला पन्तको परिवारले आज सम्म पनि न्याय पाउन नसकेकोहुदा सोतीको घटनाका पिडितहरुले पनि उचित न्याय नपाउने अवस्था आउन नदिन दवाव स्वरुप विरोध जुलुस गरिएको नेविसंघ जाजरकोटका अध्यक्ष ललित बस्नेतले जनाए ।
देश बन्दाबन्दिको अवस्थामा रहेको अअवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको कडा सुरक्षाका विच नेपाल विद्यार्थी संघ जाजरकोटले नेतृत्व गरेको उक्त विरोध जुलुसमा जिल्लाका पाँच सय वढी युवाहरु र पिडित परिवारका सदस्यहरुको सहभागिता रहेको थियो । सोती घटनामा हत्या गरिएका जाजरकोटका नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, गणेश वुढा र रुकुम पश्चिमका टीकाराम सुनार तथा हाल सम्म वेपत्ता जाजरकोटकै गोविन्द शाहीका पिडित परिवारहरुको पक्ष र घटनाका दोषीहरु विरुद्ध आक्रामक नारा लगाउदै युवा विद्यार्थीहरुले खलंगा वजार परिक्रमा गरेर ठाँटीबजारमा कोण सभाग गरेका थिए ।
कोण सभालाइ नेपाली काँग्रसका नेता वेदराज सिंहले जाजरकोका ५ र रुकुमका एक होनहार युवालाइ निर्मतता पुर्वक हत्या गरिएको घटनाका दोषीहरुलाइ कुनै पनि हालतमा उम्किन नदिने गरि सवैले आआफ्नो ठाँउबाट खवरदारी गर्नु पर्ने वताए ।
उनले सवैको चर्काे र निरन्तरको दवावले मात्रै दोषीलाइ कडा भन्दा कडा कारवाहि गराउन मद्दत पुग्ने भएकोले पिडितहरुको न्याय प्राप्तिको लागि आफुहरु आन्दोलनमा उत्रिएको वताए । राज्यमा फैलिदै गएको अराजकता र दण्डहिनताको कारण ६ जना युवाहरुले व्यर्थैमा आफनो ज्यान गुमाउनु परेको र यस घटना तर्फ केहि नेता र जनप्रतिनिधिहरुको भुमिका शंकास्पद रहनु दुखद भएको नेता सिंहले वताए । घटनाका पिडितहरुले न्याय नपाए सम्म आफुहरुले दवावमुलक कार्यक्रम गरिरहने वताए । कोण सभामा नेविसंघ जाजरकोटका अध्यक्ष ललित वस्नेतले घटनामा क्रुरतापुर्वक मारिएका युवाहरुको परिवारलाइ न्याय दिलाउन र वेपत्ता गोविन्द शाही जिउदो या मृत जस्तो अवस्थामा भएपनि पत्ता लगाउने काममा दवाव दिन आफुहरुले विरोध जुलुुसको आयोजना गरेको वताए ।
सोती घटनावारे सरकार र विभिन्न निकायहरुले आआफनो तर्फवाट अनुसन्धान गरिरहेका छन भने संयुक्त राष्ट संघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले समेत चासो व्यक्त गरेको छ ।