जाजरकोट प्रदर्शनमा संसदीय छानवीन समिति गठनको माग

जाजरकोटका निर्दाेष युवाहरुको लासमा कसैले राजनिति गरे परिणाम खराब आउछः छबि पन्त

रुकुमको सोतीमा भएको घटनाका पिडितलाइ उचित न्याय दिलाउनका लागि जाजरकोटमा सोमबार पनि विशाल जुलुस प्रदर्शन भएको छ । घटनालाई तोडमोड गर्न खोजिएको र र पिडकलाइ उम्काउने प्रयास भइरहेको भन्दै घटनाका दोषीहरुलाई हदै सम्मको कारवाहि गर्ने सरकारलाई दवाव स्वरुप जुलुस प्रदर्शन भईरहेका छन । पिडित लगायत सबै जाजरकोटिहरुले सोती घटनाको निष्पक्ष छानवीन गर्न संसदीय छानवीन समितिको गठन गरि काम थाल्न समेत माग गरिएको छ ।

घटनामा मारिएका ५ र वेपत्ता गोविन्द शाहीका आफन्तहरु, युवा विद्यार्थीहरु र अन्य स्थानीय सर्वसाधारणहरुले स्वस्फुर्त रुपमा दोषीलाइ कडा कारवाहि र पिडितलाइ न्यायको माग गर्दै सदरमुकाम खलंगामा नाराजुलुस सहित विशाल प्रदर्शन गरेका हुन् । घटनापछि वेपत्ता युवा गोविन्द शाहीको खोजीको माग पनि उनीहरुले गरे ।

सरकारले गठन गरेको उच्च स्तरीय छानवीन समिति र अन्य छानवीन समिति भन्दा माथिल्लो तहवाट निष्पक्ष छानवीन हुनु पर्ने भन्दै उनीहरुले तीन दिन प्रदर्शन जारी राखेका छन् । सोमवार घटनाका पिडित परिवार, व्यापारी, दलका नेता कार्यकर्ताहरु, युवा विद्यार्थीहरु र किसान मज्दुर सम्मिलित जुलुस ठाँटीवजार हुदै पिपलडाँडा बाट गैरीखाली पुगेर कोण सभामा परिणत भएको थियो ।

दोषीलाइ कारवाहि र पिडितलाइ न्यायको माग गर्दै जुलुसमा सहभागि सयौं सर्वसाधारणहरुले विभिन्न आक्रोसित नारा लगाएका थिए । घटनाका दोषीहरुलो कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने र मृतकहरुको लासमा कसैले पनि राजनीति गरेर पिडितलाइ अन्याय गर्न नहुने नेपाली काँग्रेसका युवा नेता छवि पन्तले बताए । गैरीखालीमा भएको कोण सभामा, पार्वती विक, मुक्ति आचार्य, कमान खड्का, नगेन्द्र शाह लगाएतका स्थानीय अगुवाहरुले घटनाको विरोधमा धारणा राखेका थिए ।

सोतीको घटनामा दोषी देखिएकाहरुलाइ कुनै पनि वहानामा फुत्किन नदिने र उनीहरुलाइ हदै सम्मको कारवाहि हुने अवस्था सिर्जनाको लागि आफुहरुले संघर्ष जारी राखेको नागरिक संघर्ष समितिका संयोजक नगेन्द्र शाहले वताए । जव सम्मा पिडितले न्याय र दोषीले सजाया नपाए सम्म जाजरकोटमा आन्दोलन जारी राख्ने शाहले वताए ।