पिसिआर मेसिन जडानकाे तयारीमा चौरजहारी नगरपालिका

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अब केहिदिनमा पिसिआर मेसिन जडान गर्दे छ । नगरपालिकाले मेडि सोलुसन प्रालि काठमाडौंसँग १ हजार परीक्षण किटसहित मेसिन खरिदका लागि १ करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको  छ ।

 दैनिक ९० जनासम्मको स्वाब परीक्षण गर्ने गरी मेसिन खरिद गर्न लागिएको चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले बताउनु भयो । उहाका अनुसार मेसिन आएपछि रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका क्‍वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण सहज हुनेछ । 

 

मेसिन सञ्चालन भएपछि आवश्यक्ताका आधारमा स्वाब संकलनका लागि किट खरिद गर्ने नगरपालिकाले जनाएको छ । ‘स्वाब परीक्षणका लागि सुर्खेत पठाउँदा पालो नआउने समस्या देखियो,’ नगरप्रमुख शर्माले भन्नु भयो ‘मेसिन सञ्चालनमा आएपछि रुकुमसहित आसपासका जिल्लाबाट खरिद गरिएको स्वाब परीक्षणलाई तीव्रता दिइनेछ ।’