बारेकोट गाउँपालिकाले ल्यायो ३७ करोड ८० लाख बजेट

जाजरकोटको बारेकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ८० लाखको बजेट प्रस्तुत गरेको छ। आज भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष ओमा शाहीले ३७ करोड ८० लाख २२ हजार १३० रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। यसमा समपुरक विशेष अनुदान २० करोड रहेको छ।

कुल विनियोजन गर्नुपर्ने १७ करोड ८० लाख २२ हजार १३० मध्ये चालूतर्फ ६ करोड २९ लाख १० हजार र पूँजीगततर्फ ११ करोड ५१ लाख १२ हजार १३० रूपैयाँ रहेको छ।