बुटवलमा देखियो सलह

प्रदेश नम्बर ५ को रूपन्देहीमा सलह कीरा देखिएका छन्। शनिबार दिउँसो बुटवल आसपास क्षेत्रमा सलह कीरा देखिएको हो। गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। स्थानीयले सलह देखिएको जानकारी गराएपछि निरीक्षण गर्दा उक्त किरा सलह नै रहेको कीटविज्ञ दीपक खनालले जानकारी दिए।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक नारायण खत्रीले सलह नेपालमा भित्रिएको बताउँदै यसले यो मौसममा कम आक्रमण गर्न सक्ने बताए। उनले अहिले वन क्षेत्रमा देखिएको र यसले चुनौती दिए पनि अहिले क्षति कम गर्ने बताए। अहिले बर्षाको मौसममा कम क्षेती गरेपनी  उच्च सतर्कताका साथ नियन्त्रणमा लाग्नुपर्ने बताए।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाका अनुसार किसानहरूबाट सलह कीरा भेटिएको र यस विषयमा अनुसन्धान जारी रहेको बताए। सुख्खानगर क्षेत्रका स्थानीयले सलह कीरा छोपेर डिव्वामा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए।