प्रधानमन्त्री वलीको समर्थनमा जाजरकोटमा युवाहरुको प्रदर्शन

प्रधानमन्त्री एवम सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा वलीको वचाउ गर्दै वुधवार जाजरकोटमा नेकपाका युवाहरुले प्रदर्शन गरेका छन् । स्थायी सरकार, पार्टी एकता, राष्ट्रियता र राजनैतिक स्थिरता, वैदेशिक हस्तक्षेपका विरुद्ध हाम्रो एकता लेखिएको व्यानरमा केपी वलीको फोटो राखेर उनीहरुले विभिन्न नाराहरु सहित जुलुस गरेका हुन् ।


देश अप्ठेरोमा परेका वेला प्रधानमन्त्री र पार्टी अध्यक्ष वलीलाइ दुवै पदवाट राजीनामा दिनुपर्ने माग राख्ने अर्का अध्यक्ष प्रचण्ड, वष्ठि नेताहरु माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको माग गलत भएको भन्दै वलीलाइ साथ दिन उनीहरुले जाजरकोटी युवाहरुको तर्फवाट प्रदर्शन गरेका हुन् । जुलुसमा पुर्व एमाले तर्फका केपी वली समर्थक नेता कार्यकर्ताहरुको मात्र सहभागिता रहेको थियो ।
केपी वलीको फोटो सहितको व्यानर र उनको समर्थन तथा पार्टी एकताका वारेमा लेखिएका विभिन्न नाराहरु लगाउदै युवा विद्यार्थीहरुले सदरमुकाम खलंगावजार परिक्रमा गरेका हुन् ।
देश र पार्टी दुवै अप्ठेरोमा परेको वेला वलीले पद छोड्नु ठीक नभएकोले आफुहरुले पार्टी एकता र देशको रक्षाको लागि यो प्रदर्शन गरेको अनेरास्ववियुका नेता रामचन्द्र घर्तीले वताए । उनले नेकपाको सरकार, पार्टी र देशलाइ चारैतिरवाट प्रहार भइरहेको समयमा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री वलीले राजीनामा दिनु आत्माघाती हुने वताए ।
यस्तै नेकपाका नेता नगेन्द्र शाहले विपक्षीहरुको जस्तै आफनै पार्टीका नेताहरुले आफनै प्रधानमन्त्रीको राजीनामा माग्नु पार्टी र देश दुवैका लागि दुभाग्र्यपुर्ण रहेको वताए । राष्ट्रियता, र पार्टीको हितमा वलीले गरेको जस्तो काम अरुले गर्न नसक्ने भएकोले अहिले वलीले राजीनामा दिनु सहि नभएको वताए ।
जुलुसमा वली पक्षका नेकपा निकट युवासंघमा आवद्ध युवाहरु, अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु र पार्टीका नेताहरुको सहभागितामा वलीको समर्थनमा जुलुस निकालिएको हो । जुलुस खलंगाको ठाँटीवजारवाट सुरु भएको जुलुस पुराना साँझा सिमलगैरी वाहुनवाडा हुद पार्टी कार्यालय जुजुवाडा पुगेर कोण सभा पछि सकिएको थियो ।