बाढि र पहिरोमा घाईतेभएकाको उद्दार गर्न सेनाको हेलिकप्टर बारेकोट पुग्यो

राहत सामग्री सहितको अर्को हेलिकप्टर आउन केही समयलाग्ने

बिहिबार राती परेकाे अविरल बर्षाका कारण घर भत्किदा र बाढिमा परेर घाईते भएकाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर बारेकाेट तर्फ गएको छ ।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर शनिबार दिउसो करिब २.१५ बजे तिर उद्दरका लागी बारेकोट गएको जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले बताए । उनका अनुसार घर भत्केर गम्भीर घाईते भएका बारेकाेट ४ का लालबहादुर नेपाली र बाढिमा बगेर घाईते भएका बारेकोट ६ का रामच‍न्द्र महतारा रहेको श्रेष्ठले बताए ।

बर्षा भइरहेकोले उद्दार कार्यमा समस्या भएको र बेपत्ताको खोजी कार्य भइरहेको डिएसपी श्रेष्ठ ले बताए । घाईतेलाइ उद्दार गरी उपचारका लागी नेपालगञ्ज लगिने उनले बताए । बारेकोटमा राहत सामग्री सहितकाे हेलिकप्टर भने काठमाडाैँबाट आउन केही समयलाग्ने समेत उनले बताए ।