रुख रोपियो विपी बाटिकामा

३८ औ. बीपी स्मृति दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम

जाजरकोटमा पनि मंगलबार महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघ जाजरकोटले सदरमुकाम स्थित वीपी बाटिकामा बृक्षारोपण गरेको छ । भेरी नगरपालिका ४ बीपी बाटिकामा अमला, कोइराला, सिसौ, इपिल, बकाइनो लगायतका दुई सय बढी विरुवाहरु रोपिएको नेविसंघका अध्यक्ष ललित बस्नेतले बताए ।

बृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका बरिष्ठ नेता बेदराज सिंह, पार्टी सचिव भुमिलाल रोकाय, कोषाध्यक्ष तेजविक्रम शाह , महासमिति सदस्य मुक्ति आचार्य लगायतका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
हरेक बर्ष बृक्षारोपण गर्ने तर संरक्षण नगर्ने प्रबृति हटाएर रोपेका विरुवाहरुको संरक्षणमा विशेष ध्यान दिनु पर्ने नेविसंघका अध्यक्ष बस्नेतले बताए ।

विपी बाटिकाको संरक्षण गर्नु पर्नेमा जोड दिदै अध्यक्ष बस्नेतले विपी स्मृति दिवसको अवसरमा सवै नेता तथा कार्यकर्तालाई कम्युनिष्ट अधिनायकबादका विरुद्ध एक जुट भई विपीको आदर्श र सिद्धान्त अनुसार चल्ने प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गरेका छन् ।