जाजरकोटका अति विपन्न १५ परिवारलाई खाद्यन्न सहयोग ।

अमेरिकामा मस्ने वोगटी र फियरोका तर्फवाट ३७ हजार बढि आर्थीक सहयोग

कोरोना भाइरस कोभिड १९ का कारण देशमा जारी लक डाउनको समयमा आर्थिक संकटमा परेका जाजरकोटका १५ विपन्न परिवारहरुलाइ अमेरीकामा वस्ने दुइ महिलाहरुले खाद्य सहयोग गरेका छन् । जयचन्द्र मिडिया ग्रुप प्रालिद्धारा सन्चालित कुशेमालिका अनलाइनको समन्वयमा अमेरीकाको सीटल वासिंगटनमा वस्ने नेपाली विना वोगटी र अमेरीकी नागरिक वाइ वेटटी डेल फियरोको आर्थिक सहयोगमा जाजरकोटको भेरी नगरपालिकामा वस्ने अति विपन्न १५ परिवारहरुलाइ चामल, दाल, तेल नुन र चिनी वितरण गरिएको हो ।

वोगटी र फियरोका तर्फवाट प्राप्त ३७ हजार ८ सय २४ रुपैयामा प्रति परिवारलाइ २५ केजी चामल, ५ केजी दाल, २ केजी चिनी, २ पोका नुन र २ पोका तेलका दरले भेरी नगरपालिका वडा नम्वर ४ शान्तिचौतारावाट नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष एवम कुशेमालिका अनलाइनका सम्पादक जनक केसीले वितरण गरे । सम्पादक केसीले शान्ति चौतारामा सामान्य कार्यक्रम मार्फत भेरी नगरपालिका वडा नम्वर ३ का वुद्धिवहादुर विक, देउरुपा वुढा, पशुपति नेपाली, मनकुमारी विक, सीता सुनार, विशाल सिंह, सुकिला नेपाली, तुल्सीराम वली, वडा नम्वर २ की पार्वती विक, वडा नम्वर ४ का ज्ञानु विष्ट, सुर्या सुनार, इन्द्रकुमारी शाही, रत्नवहादुर कार्की, लक्ष्मण विक र टटेलकी लाटीलाइ उक्त खाद्य सहयोग हस्तान्तरण गरेका छन् ।

लक डाउनको वेला मज्दुरी गर्न नपाएका र पारिवारमा आयआर्जनको लागि सक्षम सदस्य नभएर कमाइको श्रोत नभएका अति विपन्न परिवारहरुलाइ केहि मात्रामा भएपनि राहत पुगोस भन्ने हिसावले आफु र आफनो साथी फियरोले उक्त खाद्य सहयोग दिएको विना वोगटीले वताइन् । उनले मानवीय धर्म भनेकै वेसाहारालाइ साहारा दिनु र दुखीलाइ सहयोग गर्नु हो भन्ने सम्झेर आफुहरुले यो सहयोग गरेको वोगटीले वताइन् । धन भन्दा मन अहिलेको सन्सारमा सुख र शान्तिको पहिलो श्रोत भएकोले आफुहरुले दुखीहरुको सहयोगका लागि यो खाद्य सामाग्री जाजरकोटका विपन्नहरुलाइ दिएको विनाको भनाइ छ ।

खाद्य सहयोग हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवम कुशेमालिका अनलाइनका सम्पादक केसीले विपन्न जनतालाइ सहयोग गर्ने विना र फियरो दुवैजनालाइ धन्यवाद दिए । उनले आगामी दिनमा पनि सहयोगी हातहरुको सक्रियता बढाउन दुवै जनालाइ आग्रह गरे ।