डिभिजन वलको पनि ५४ प्रतिश पुँजिगत रकम खर्च नभई फिर्ता

कुनै योजनाहरुको सम्झाैता नै हुन पाएन

डिभिजन वन कार्यालय जाजरकोटले आ.व. २०७६।०७७ को बार्षिक प्रगती समिक्षा मंगलबार सम्पन्न गरेको छ । डिभिजन वनले गत आ.व.को प्रथामिकतामा परेका प्रदेशका आयोजनामा सोचे अनुसार प्रगती हाँसिल गर्न नसकेको बताएको छ ।

गत आ.व.को कार्यक्रममा सडक निर्माण, पर्यटन पुर्वाधार, जलविधुत, तटबन्ध, निर्माण जस्ता काम सोही अनुसारको दक्ष जनशक्ति डिभिजन वनमा नभएकोले कार्यप्रगतिमा राम्रो नभएको पाइएको छ । कुल बजेटको ५६.६६ प्रतिशत अर्थात कुल १२ करोड ९ लाख ६ हजार मध्ये ६ करो ८४ लाख ८७ हजार ५ सय १५ रुपैया मात्रै खर्च भएको छ । जसमा पुँजिगत ४६.७९ र चालु तर्फ ७२.१३ प्रतिशत रकम खर्च भएको छ । बन्दाबन्दीका कारणले समेत समय काम नहुदा मुख्य समस्या भएको पाइएको छ ।

गत आ.व.मा डिभिजन वनले पर्यटन सडकमा ४०.२३ प्रतिशत अर्थात कुल २ करोड मध्ये ८० लाख ४५ हजार ५ सय ७५ रुपैयाँ मात्रै खर्च भएको जनाएको छ भने तडबन्ध तथा पहिरो नियन्त्रण तर्फ ८५.२५ प्रतिशत काम भएको जनाएको छ । गत आ.व.मा ३७ लाख ३६ हजार ८ सय ३९ रुपैयाँ वन रोयल्टी उठाएको डिभिजनले खोटा संकलन बाफत ११ लाख ७५ हजार ६ सय ४० रुपैयाँ राजश्व उठाएको छ भने ३० लाख ६३ हजार ५ सय ५० रुपैयाँ जडिबुटी बाट राजश्व उठेको जनाएको ।

प्रगति समिक्षाको पुर्ण पाठ हेर्न यो लिंकमा जानुहोस Presentation 2077