रुकुममा पौडी खेल्ने क्रममा १ को मृत्यु एक बेपत्ता 

रुकुम पश्चिम- रुकुम पश्चिमको बाँफिकोट स्थित स्यार्पुतालमा पैडी खेल्ने क्रममा १ युवाको मृत्यु भएको छ भने एक युवा बेपत्ता भएका छन । बुधबार बिहान १२ः३० बजेतिर स्यार्पुतालमा पौडि खेलिरहेको अबस्था दुई युवा बेपत्ता भएकोमा एक युवाकाे लास भेटिएको प्रहरी जनाएको हो ।

बेपत्ता पर्नेमा बाँफिकोट गाउँपालिका वडा नंं ५ स्थित बडागाउँ बस्ने कल्लु घर्तिका २० बर्षिय छोरा अनिल घर्ति रहेका छन् भने सदु घर्तिका छोरा २३ बर्षिय लोक घर्ति मगरको शब फेला परेको प्रहरीको भनाई छ । पौडी खेल्ने क्रममा दुई युवा डुबी बेपत्ता भएपछि करिब १ः५० बजेतिर उद्धारमा खटिएको प्रहरी टोलीले लोक घर्ति मगरको लास फेला पारेको हो । उद्धार कार्यमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेल र प्रहरी प्रमुख ठग बहादुर के.सी सहितको टोली घटना स्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।