जलबायु परिवर्तनको असर बाट हुने भूक्षय र पाहिरो नियन्त्रण गर्न वृक्षारोपन

वृक्षारोपनमा आशा जाजरकोटको आर्थीक तथा प्राविधिक सहयोग

जाजरकोट जिल्लाको भेरी नगरपालिका ३ मा रहको जनकल्याण सामुदायिक वनको करिब २ हेक्टर क्षेत्रफलमा बुधबार ३२ सय विरुवा रोपिएको छ । पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय इकाई (आशा) जाजरकोटको आर्थिक सहयोग र श्री गणेश सामुदायिक सिकाई केन्द्र जाजरकोटको आयोजनामा सो सामुदायिक वनमा बृक्षारोपन कार्य गरिएको हो ।

गत आर्थिक बर्षमा पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) जाजरकोटको ३ लाख ५० हजार आर्थिक सहयोगमा श्री गणेश सिकाई केन्द्रले नर्सरी नै स्थापना गरेर विरुवा उत्पादन गरेको थियो । गत आ.व. मा विरुवा उत्पादनको लागी ३ लाख ५० हजार आर्थिक सहयोग र २० प्रतिशत स्थानियको श्रमदान सहित विरुवा रोप्नको लागि थप १ लाख आर्थीक सहयोग हुने पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) कार्यक्रममा कार्यरत रेन्जर सुजता खड्काले जानकारी दिइन ।

रेन्जर खड्काका अनुसार जनकल्याण सामुदायिक वन उपभोक्ता समितिको वनमा विरुवा रोप्नको लागि प्राविधिक सहयोग समेत पहाडी साना किसानका लागि अनुकुलन आयोजना आशाले गर्ने बताईन । खाली तथा बाझो जमिनमा बृक्षारोपन गरि हैसियत बिग्रेको बन लाइ उर्वर बनाइ कार्बनको संचित मा सघाउ पुर्याइ जलबायु परिवर्तनको असर बाट हुने भूक्षय र पाहिरो नियन्त्रण गर्न र पाशुपन्छी लाइ सहज आहरा उपलब्ध गराउन तथा समुदायलाइ भबिस्यमा सहज तरिकाले घास दाउरा उपलब्ध गराउन का लागी बृक्षारोपन गरियको रेन्जर खड्काको भनाई छ ।

स्थानिय वनमा वृक्षारोपन गरेर आम्दानिको स्रोत समेत बनाउन सकिने श्री गणेश सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष प्रकाश चन्दको भनाई छ । उनका अनुसार २ हेक्टर जमिनमा ३२ सय बरावरको विरुवा सिकाई केन्द्रले सामुदायिक वनलाई अनुदान दिएको चन्दले बताए । भर्खरै लगाएको विरुवालाई हुर्काउनाको लागि ८ क्वीन्टल बरावरको प्रांगारिक मलको समेत प्रयोग गरेको चन्दको भनाई छ । आशा र सामुदायिक सिकाई केन्द्रको सहयोगले वन विकासमा थप टेवा पुग्ने र वन बाट निकट भविष्यमा आम्दानि समेत लिन सकिने जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोर जंग शाहको भनाई छ ।