पहिरो पिडितलाइ राहत बितरण

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा पहिरो प्रभावितलाई करिब २३ लाख बराबरको राहत समान बितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटि जाजरकोट, पहाडि क्षेत्र विकास अभियान जाजरकोट लगायका स‌ंघसंस्थाहरुले २३ लाख बराबरको समान बितरण गरेको नेपाल रेडक्रस सोसाइटि जाजरकोटका मन्त्री धिरेन्द्र बहादुर शाहले बताए ।

उनका अनुसार प्रभावित स्थानीयलाई कम्बल, म्याट, भाँडाकुडा सरसफाई लगायतका समाग्री हस्तान्तरण गरिएको बताए । गत असार २५ गते आएको पहिरोका कारण गाउँपालिकाका झन्डै १ हजार २ सय घर प्रभावित भएका छन । पहिरो प्रभावितहरु यतिवेला राहतको परखाइमा बसीरहेका छन । यस्तो जटिल र अभावको अवस्थामा पनि संस्थाले सहयोग गर्नु ज्यादै राम्रो भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहको भनाइ छ । जटिल अवस्थामा पनि आफु बारेकोट बासीकाे बिचमा रहेर समस्या बुझेको र समाधानका उपायहरु लाइ पनि ध्यानमा राखेर सबैतिर अनुराेध गरेको अध्यक्षको भनाई छ ।