नगरप्रमुख महताराका नाममा मुद्धा

जाजरकोटः छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराको नाममा सोमबार गाली,बेइज्जती र कुटपिट कसुरमा तीन वटा छुट्टाछुट्टै मुद्धा दर्ता भएका छन् । छेडागाड नगरपालिका वडा नं. ११ औलाकाटियाका दिपाराम जैसी र कालिका जैसीले नगर प्रमुख महताराका नाममा जाजरकोट जिल्ला अदालतमा उक्त मुद्धा दर्ता गराएका हुन ।
त्यस्तै जैसी द्वयले बाल माध्यामिक विद्यालय झाप्राका प्रधानाध्यापक कमल राज बस्नेत र सोही विद्यालयका शिक्षक पृथ्वी बहादुर सिंहका नाममा पनि गाली,बेइज्जती र कुटपिट मुद्धा दर्ता भएको छ । नगर प्रमुख महतारा, प्रधानाध्यापक बस्नेत र शिक्षक सिंहले गत असार २९ गते शिवशक्ति बजारमा गाली तथा वेइज्जती गरी कुटपिट गरेको भन्दै जैसी द्वयले अदालतमा उनिहरु विरुद्ध फिराद दर्ता गरेका छन् ।

फिराद कर्ता कालिकाले मुलिकी फौजदारी संहिता २०७४ को दफा १९१ र १९८ को दावी लिई महतारा, बस्नेत र सिंह बिरुद्ध कुटपिट मुद्धा दर्ता गरेकि छन भने दिपारामले सोहि संहिताको दफा ३०५, ३०६ र ३०७ को दावी लिई उनिहरु विरुद्ध गाली र बेइज्जती मुद्धा दर्ता गरेका हुन् ।
छेडागाड ११ शिवशक्ति बजारमा रहेको गौतम् हार्डवयर पसल बन्द गर्न लागेको बेला नगर प्रमुख महतारा, प्रधानाध्यापक बस्नेत र शिक्षक सिंह उक्त पसलमा आई जथाभावि गाली गलोज तथा अभद्र व्यवहार, बेइज्जती र कुटपिट गरेको दिपारामले बताए । नगर प्रमुख महताराले बाँया कानमा हानेर रगत समेत निकालेको उनले बताए ।
त्यस्तै महतारा, सिंह र बस्नेतले चोर, रन्डा, बाहुन काठो, कुकुरसाले लगायत अपशब्द प्रयोग गरेर वेइज्जत गरेको उनले बताए । त्यस्तै महतारा, सिंह र बस्नेतले आफुलाई लछारपछार गर्दै तँ रण्डी, बेश्या, कुकुरनी र काठीनी भन्दै निर्घात कुटपिट गरेको र बायाँ हात समेत भाँचिदिएको कालिकाको भनाई छ । महतारा, बस्नेत र सिंहको कुटपिटबाट घाइते भएका जैसी द्वयको जाजरकोट अस्पतालमा उपचार नभएपछि नेपालगन्जको अमित मेमोरियल हस्पीटल प्रालि र नेपालगंज मेडिकल कलेजमा उपचार गराएका थिए ।

मुलुकी अपराध संहिता २०७४ अनुसार गाली कसुरमा एक बर्ष सम्म कैदै वा १० हजार रुपैयाँ जरीवाना वा दुवै सजाय, वेइज्जती कसुरमा २ बर्ष सम्म कैद वा २० हजार रुपैयाँ सम्म जरीवाना वा दुवै सजाय र कुटपिट कसुरमा ३ बर्ष सम्म कैद वा ३० हजार रुपैयाँ सम्म जरीवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।