बिषालु च्याउ खाएर मर्नेको संख्या ४ पुग्यो

जंगली बिषालु च्याउ खाएर गंभिर विरामी परेका जाजरकोट कुशे गाउँपालिका १, स्याँक्रीका तीन जना बिरामिको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । सोमवार गाँउमै एक जना बालिकाको मृत्यु भएको थियो यो सँगै बिषालु च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउने सहित परिवारका ८ जना विरामी परेका थिए ।

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुर चलाउनेकी १५ बर्षिया छोरी औसरा, १२ बर्षिया छोरी धनसरा र मामाघर आएकि ११ बर्षिय निरुता सिंहको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर के.एन. पौडेलले बताए । चलाउनेकी ३ बर्षीया छोरी अञ्जनाको सोमवार गाँउमै मृत्यु भएको थियो । विसालु च्याउ खाएर गंभिर विरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमवार नै सुर्खेत लगिएको थियो ।
विरामी परेका एक जनाको अवस्था गंभिर रहेको र तीन जनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए । ढिलो गरि अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिसकेकोले जति कोसिस गर्दा पनि बचाउन सकिएन डा. पौडेलले भने विषले शरीर विषाक्त बनाईसकेको थियो । स्थानिय जनक चलाउनेको छोरी अनुजा चलाउनेको स्थानिय स्वास्थ्य संस्थामा उपचारका गर्दैगर्दा मृत्यु भएको हो ।
घरमुली ४९ बर्षीय टेकबहादुर चलाउने, २३ बर्षीय छोरा ललित चलाउने, ३८ बर्षीय बुहारी कल्पना चलाउने, १५ बर्षीय पशुपति चलाउनेको सुर्खेतमै उपचार भैरहेको छ । गाँउपालिकाले निजी खर्चमा हेलिकोप्टर चार्टर गरेर विरामीको उद्धार गरेर सुर्खेत पुर्याएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।