मोटरसाइकल खोल्सामा, चालक सामान्य घाइते

जाजरकोट । बारेकोट गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बारेकोट ९ लामिलतराबाट सेपुखोला आउदै गरेको अन्टेस्ट बजाजको २२० सीसीको पल्सर मोटरसाइकल दुर्घटना हुँदा चालक बिनोद सिंह घाइते भएका हुन् ।

प्रहरी चाैकी सेपुखोलाका प्रहरी सहायक निरीक्षक गंगबहादुर चन्दका अनुसार लामिलतराबाट सेपुखोला आउने क्रममा मोटरसाइकल सडक भन्दा करिब ५० मिटर तल खोल्सामा खसेको हो । मोटरसाइकल दुर्घटनामा चालक सिंह सामान्य घाइते भएको र स्थानिय स्वास्थ्य चाैकीमा उपचार भइरहेको चन्दले बताए । ग्रामिण र कच्ची सडकमा तिव्र गति भएका कारण दुर्घटना भएको चन्दले बताए । खोल्सामा खसेको मोटरसाइकललाई स्थानियर प्रहरीको सहयोगमा खोल्साबाट सडकमा ल्याइएको छ ।