विपदमा परेकालाई राहत जुटाउन सरोकार समिति गठन

जाजरकोट जिल्लाको विभिन्न स्थानमा प्राकृतिक विपदका कारण समस्यामापरेका अति विपन्न जनताका लागि आवस्यक राहत सहयोग जुटाउने कामका लागि सहजीकरण गर्न जाजरकोटमा नागरिक सरोकार समिति गठन गरिएको छ ।
जिल्लामा विभिन्न समयमा भएका प्राकृतिक तथा भाैतिक क्षतिले आर्थिक संकटमा परेका विपन्न नागरिकहरुलाइ विभिन्न निकाय, संघ सस्था र व्यक्तिहरुवाट खाद्य तथा अन्य सहयोग जुटाएर मानवीय सहयोगको काम गर्न जिल्लामा क्रियाशील पत्रकार, नागरिक अगुवा, सामाजिक कार्यकर्ताहरुको सक्रियतामा आइतवार उक्त समिति गठन गरिएको हो ।

गत असार २५ गते जिल्लाको वारेकोटमा १४ जनाको मृत्यु तथा सयौं सर्वसाधारण विस्थापित हुने गरि गएको पहिरो र जिल्लाका अन्य भागमा गएका पहिरो तथा अन्य विपदका कारण आर्थिक संकटमा परेर दैनिक गुजारा चलाउन समस्या भोगिरहेका जनतासम्म राहत सहयोग पुरयाउनका लागि स्थानीय सरकार, अन्य सरोकारवाला निकाय र व्यक्तिहरुलाइ प्रेरित गर्न र जिम्मेवार वनाउनका लागि भुमिका निर्वाह गर्ने उद्देस्य राखेर नागरिक अगुवा राजेन्द्रविक्रम शाहको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सरोकार समिति गठन भएको हो ।

जिल्लाका सातै स्थानीय तहका विभिन्न वस्तीहरुमा वाढी पहिरो, लक डाउन तथा अन्य घटनाका कारणले अति संकटपुर्ण जीवन विताउन वाध्य सर्वसाधारण जनतालाइ दशैं तिहारको मुखैमा केहि मात्रामा भएपनि खाद्य सहयोग उपलव्ध गराउन शाहको संयोजकत्वमा पत्रकार जनक केसी, राजेन्द्र कार्की, दिपवहादुर घर्ती, सुरेन्द्र सिंह, लोकेन्द्र विस्वकर्मा, सपना वली,इन्सेक प्रतिनिधि दिनेश श्रेष्ठ, गैससकर्मी तथा पत्रकार सहदेव वस्नेत, सामाजिक कार्यकर्ता कासीराम कार्की, शिक्षक तिलकवहादुर खत्री र नागरिक समाजका कृष्णप्रसाद शर्मा सदस्य रहेको जाजरकोट विपद सरोकार समिति गठन गरिएको पत्रकार सुरेन्द्र सिंहले वताए ।
उनले जिल्लाका सातै स्थानीय तहमा विभिन्न विपदहरुवाट संकटमा परेका अति विपन्नहरुको तथ्यांक संकलन तथा पहिचानको लागि विभिन्न व्यक्तिहरुलाइ जिम्मेवारी दिने समेत निर्णय गरिएको वताए ।

उनका अनुसार भेरी नगरपालिकाको तथ्यांक संकलनका लागि जनक केसी र राजेन्द्र कार्की, नलगाड नगरपालिकाको लागि राजेन्द्रविक्रम शाह, छेडागाड नगरपालिकाको लागि कासीराम कार्की र तिलक खत्री, वारेकोट गाउँपालिकाको लागि सुरेन्द्र सिंह र लोकेन्द्र विस्वकर्मा, कुशे गाउँपालिकाको लागि दीपवहादुर घर्ती र कृष्णप्रसाद शर्मा , जुनीचाँदे गाँउपालिकाको लागि सहदेव वस्नेत र दिपवहादुर घर्ती र शिवालय गाउँपालिकाको लागि दिनेशकुमार श्रेष्ठलाइ जिम्मेवारी दिइएको छ ।

पहिलो चरणमा जिल्लाको वारेकोट गाउँपालिका लगाएतका स्थानमा वाढी पहिरो र अन्य विपदवाट पिडित अति विपन्न जनतालाइ सहयोग गर्न जीवन रुपान्तरणका प्रशिक्षक नरवहादुर कार्कीको पहलमा १ सय क्वीन्टल चामल प्राप्त हुन लागेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताए । उनले अन्य निकाय, सस्था र व्यक्तिहरु र कार्कीको सहयोग लिएर जिल्लाका विभिन्न अति विपन्न जनतालाइ न्यायपुर्ण ढंगले राहत सहयोग वितरण गरिने वताए । विभिन्न विपदमा परेर चाड पर्वको समयमा खाद्य संकट वेहोरिरहेका नागरिकहरुका लागि सहयोग गर्न चहाने कुनै पनि निकाय र सस्था एवम व्यक्तिहरुले यो सरोकार समिति मार्फत सहयोग दिन सक्ने संयोजक शाहले वताए ।