पहिरो पिडितलाइ नासोको आर्थीक सहयोग

गत असार २५ गते गएको पहिरोको पिडितलाइ राहत रकम उपलब्ध गराइएको छ । बारेकोट गाउँपालिकाका पहिरो पिडितहरूलाई अमेरिकामा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन ।अमेरिकाको नासो कम्युनिटी नामक संस्था मार्फत उनिहरूले  प्रती परिवार रु ५५ हजार ७ सय ७८ रुपैयाँ सहयोग उपलब्ध गराएका हुन ।

उक्त पहिरोमा ज्यान गुमाउने परिवारका सदस्य किसन सार्की र तुले सार्कीलाई अमेरिकामा बस्ने नेपालीहरुको संस्था नासो कम्युनिटी नामक संस्थाले रकम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए  । उक्त सहयोग रकम बारेकोट गाउपालिकाका अध्यक्ष शाहले किसन सार्की र तुले सार्किलाइ हस्तान्तरण गरेका  छन । सो रकम बारेकोट गाउँपालिकाका कम्प्युटर अपरेटर सुरेन्द्र खत्रीको समन्वयमा संस्थाका सल्लाहकार कमल नेपालले पठाएका हुन  ।

पहिरोमा परी किसन सार्किका बुवा गोपाल सार्की, बहिनी लक्ष्मि सार्की र भाइ अर्जुन सार्कीले ज्यान गुमाएका थिए भने अझैसम्म उनको  आमाको लास भेट्टिएको छैन । पहिरोमा परि तुले सार्किको श्रीमति ,२ छोरी र १ छोराले ज्यान गुमाएका थिए ।अब सन्तानको रुपमा उनि संङ्ग १ मात्र सानो छोरा रहेका छन्  । उनिहरु अहिले जंगलमा पाल टागेर बस्न वाध्य भएका छन । बारेकोट गाउँपालिका वडा नं ४ स्थित सार्की टोलमा गत असार २५ गते गएको पहिरोमा परि १२ जनाले ज्यान गुमाएका थिए ।