कार्यकर्तालाई राहत, पीडितलाई वास्तै छैन

जाजरकोट : बारेकोटका बाढी पहिरो पीडितहरु साँझ बिहान के खाने, के लाउने भनेर छट्पटाएका छन् । तर जनप्रतिनिधि र नेताहरु भने आफ्नै पार्टीका कार्यकर्तालाई मात्रै राहत बाड्न व्यस्त भएका छन् । बाढी पिडितहरुको घरमा छाक टार्न गाह्रो भएको बेलामा आएको राहत पनि आफ्न पार्टींका कार्यकर्ता लाई मात्रै वितवरण गरिएको बारेकोट ४ का राईबहादुर तिरुवा बताउँछन ।

पहिरो लगत्तै केन्द्र सरकार र प्रदेश सरकारकाले आकाशमा हेलिकोप्टर घुमाएपनि गरीब पीडितलाई भने गतिलो सँग कसैले व्यवस्थापन गर्न सकेन । गत असार २५ गतेको भिषण पहिरोका कारण सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो । साथै ३३ घर परिवारहरु स्थानिय भगवती आधारभुत बिद्यालयमा पालहरुको टहरा बनाई बसिरहेका छन् । पानी परेको समयमा पालबाट पानीमात्र झर्ने गरेको छ ।यता ठुला नेताहरुले आकाशमा हेलिकोप्टर घुमाए तर राहत जनताको घरमा पुर्याउन सकेका छैनन् । यता बारेकोटी जनता भने हेलिकोप्टरको आवाज सुनेछी चामल आयोकी भन्दै दौडन्छन ।

खानेपानीको अभाव बारेकोटमा !

यस्तै खानेपानीको समेत गतिलो व्यवस्थापन नहुँदा समस्या भएको उनीहरुको गुनासो छ । जंगलमा बस्दा जंगली जनावरको साथै सर्प जस्ता विषालु प्राणीको पनि उत्तिकै डर छ । बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले पहिरोपीडित सबैको उद्धार गरिएको र राहतको व्यवस्थापन भइरहेको बताउँछन् । पहिरो पीडितको व्यवस्थापन र राहतका विषयमा प्रदेश र केन्द्र सरकारसँग पहल भइरहेको पनि उनको भनाई छ । तर उनले पार्टी कार्यकर्तालाई राहत वितरण गरिएको विषयमा भने खुलेर प्रतिक्रिया दिन चाहेनन् ।