कविता : प्रिय जन्मदिन

प्रिय,
आज तिमि यो धर्तिमा,
आएको दिन,

जिबनका कयौ,
दुख भोगेर,
सुखमय कल्पना गर्ने दिन
हयापी बर्थ डे टु,यु
तिम्रो,
जन्मदिनमा,
नसकुला केही दिनमा,
मसि सकिनैलागेको कलमले,
कम्तिमा,ह्यापी बर्थ डे त,
लेख्न पाएको छु,

मलाई,
समन्ध र प्रेम
अक्सर उस्तै उस्तै लाग्थे,
हरप्रहर बिश्वास गर्दानी,
बुझाउन सकेना,
तर…
आज तिम्रो जन्मदिनले ,
सम्झाएको छ,बुझाएको छ,
ह्यापी बर्थ डे टु यु…

मलाई त,
तिम्रै आँखा अगाडी ,
छाती चिरेर ,
भित्र तिम्रो नाम लेखेको देख्न
मन छ,
गहिरो समुद्र भित्र डुबेर,
समुन्द्रको किनारमा,
पानीको फोका भित्र,
तिम्रो चम्किलो अनुहार हेर्न मन्छ,
ह्यापी बर्थ डे टु यु
(ह्यापी बर्थ डे टु यु)

थाहा छ,
मुनाले मदनको निम्ति,
देह त्याग गर्दा,
रोमियो ले जुलिएसको निम्ति
प्राणै त्याग्दा,
तिम्रो बिशेश दिनमा ,
मैले केही त्याग्न सकिना
नत केही दिननै सके,
तर पनि..
ह्यापी बर्थ डे टु यु
(ह्यापी बर्थ डे टु यु)

मलाई त,
तिमी संगै बसेर रमाउन मन छ,
तिम्रो जन्मदिनमा,
ठूलो केक लिएर एक्कासि,
सप्राईज दिन मन छ,
ह्यापी बर्थ डे टु भन्दै,
हात समात्दै छमछमि ,
नाच्ने मन छ,
एकान्त मा संगै बसेर,
गहिरो प्रेमानुभवमा,
डुबेर रम्न मन छ,
तर,
जिबनमा सोचेको सबै ,
पुरा कहाँ हुदोरहेछ र..?
ह्यापी बर्थ डे टु यु
(ह्यापी बर्थ डे टु यु)

तिम्रा,
रसबरी जस्ता ओठ,
गाजलु आँखा,
हिउझै टल्ल्क टल्केका,
सेता मिलेका दात,
तिम्रो कान,नाक,
अनि,
सानोमा मम्मिले,
तोरिको तेल लगाउदैना,
काईयोले कोरिदिएको,
तिम्रो कालो लामो कपाल,
यी सबै सबैमा,
मेरो पुरानो मैलो हातले,
सुमसुम्याउन मन छ,मलाई,
मुसारिरहने चाहाना छ,मलाई,
सबै स्पर्श गरिरहने मन छ मलाई,

ताकी,
तिमलाई ज्वरो आउदा,
छोरी भनेर मलमपट्टी लगाउने,
अघि बढ्ने हातमा भन्दा,
बढिहोस मेरो माया,
म,
तिमिलाई संसारमै कहि कतै
नभएको माया,
कसैले नदिएको माया,
र,
मैले पनि कसैलाई
नदिएको माया…
अहिले सम्म कतै नभएको माया,
मात्र तिमीलाई दिन चाहान्छु,
(ह्यापी बर्थ डे टु यु)
(हापी बर्थ डे टु यु)

म,
चाहान्छु,
मेरो लेख्ने कलमले,
पहिलो अक्षरमा,
तिम्रो नाम लेखोस,
किताबका पाना पल्टाउदै गर्दा,
युनिट-१,२,३,४,५….. भन्ने ठाँउमा,
तिम्रो नाम जपु,
म प्रत्येक अक्षरमा,
तिम्रो नाम जपन चाहान्छु,
हयापी बर्थ डे टु यु,
(ह्यापी बर्थ डे टु यु)

म,
देख्न चाहान्छु,
तिमी हजारौ बर्ष बाचेको,
दुखहरु कहिले नआको,
आँखामा कहिले आँसु नआको,
मरुभूमि झै सुख्खा देख्न चाहान्छु,
ह्यापी बर्थ डे टु यु
(ह्यापी बर्थ टु यु)

याद,
छ होला हगि,
मम्मिले सानोमा,
ताते ताते गर्दै,गर्दै
हिड्न सिकाको,
तिमी लड्दै खेल्दै,
यहाँ सम्म आईपुग्यौ,
अब,
मम्मिले झै,
ताते ताते गर्दै,
जिबनभर तिम्रो,
हात समाई,
अगाडि बढ्न चाहान्छु,
तिमि संगै रमाउन चाहान्छु,
ह्यापी बर्थ डे टु यु,
( ह्यापी बर्थ डे टु यु)

म,
देख्न चाहान्छु,
एक ठूलो सरकारी अफिसे,
एक असल गृहणी,
माया गरिरहने,असल प्रेमिका,
दुनियाले तिम्रो,
प्रशंसा गर्दै भनेको सुन्न पाउ
वाह ! रे वाहा! त्यो मान्छे,
कति निहुरिएको !
कति शालिन !
कति सभ्य !
असल नारी !
मम्मिको ताते- ताते
बोलिबाट सुरु भएको तिम्रो यात्रा
सर्बोच्च शिखर सगरमाथा जस्तै अग्लो,
मा पुगेको देखन चाहान्छु,
यी सबै ईच्छा ,आकाङ्क्षा,
तिम्रो जन्मदिनले पूरा गरोस…
ह्यापी बर्थ डे टु यु,
(ह्यापी बर्थ डे टु यु)

लेखकः हाल महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा स्नातक तहमा अध्ययनरत छन् ।