पर्यटक पर्खेको साईक्वारी

तपाईको स्वर्गमा ,राज्यको नजरमा परेको छैन ।

जाजरकोट । जिल्लाको उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकाको साईक्वारी क्षेत्रहरुले पर्यटकको खोजि गरीरहेेेका छन । साथै यहाँका तीर्थालु धार्मिक स्थलहरु पनि पर्खेर बसीरहेका छन ।

ठाकुरजी साईक्वारीको भेग

त्यहाँका प्राकृतिक एवं भौगोलिक सुन्दरताले भरीएका कुईरेनी नीला दह मनयोग्य दृश्य भएका शंखदह, कुकुरदह, सुँगुरदह र ठाकुरजी गाथ मात्र होइन साईक्वारीको ताल र पाटनबाट कान्जीरुवा हिमाल, जिल्लाकै दुइ हजार मिटर अग्लो कराइचुली हिमाल , कुशे हिमालहरुले दन्त भिजाउँदा यहाँको सुन्दरता फरक रहेको छ । कुनै शब्दमा बयान गर्नै सकिदैन ।

यी भेगहरु भने यतीबेला तीर्थालु भक्तजनहरुलाई पर्खेर बसिरहेका छन ।

सुन्दरताको खानी !

भौगोलिक बिकट भएको साईक्वारी क्षेत्र प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर मानिन्छ । चारै तिर हिउँले ढाकीएका दन्त हसाएका हिमाल, हराभरा भएका पहाडहरुले गर्दा एकपटक स्वर्ग गएहोला जस्तै लाक्छ । यो क्षेत्र बर्खाको समयमा सुन्दरताको प्रशंसानै गर्न सकिदैना ।

बारेकोटको साईक्वारी क्षेत्र दर्जनौ भन्दा बढी ताल तलैया,बिभिन्ना धार्मिक थीर्थ स्थल टाडाँबाट निहालेका दन्दका शिरशिरे पखेराहरुले गर्दा साईक्वारीको सुन्दरता फरक देखिन्छ । बारेकोटको साईक्वारी प्राकृतिक हिसाबले प्रचुर सम्भावना बोकेको छ ।

भौगोलिक हिसाबले बिकट पुर्ण रहेको छ । “जिल्लाको सदरमुखाम तथा समुद्ध सतहबाट ३५ सय मिटिरको उचाईमा रहेको बारेकोटको पर्यटकिय गन्तब्य साईक्वारी सुन्दरताको नमुना हो ।

बिश्वलाई हेराउँछ !

साइक्वारीको क्षेत्रमा विश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा नामक हाब्रे र पक्षीहरु हिमालि गिद्ध, सुन गिद्ध, चिरकालिजको बासस्थान पनी रहेका छ । साईक्वारीमात्र नभएर बारेकोटका यस्ता हिमाली क्षेत्रहरु थुर्पै रहेका छन । यस्ता यस्ता प्राकृतिक सुन्दरताले भरीको बारेकोटको सम्पत्ती भनेकै यही नै हो ।

यति मात्रै नभएर साइक्वारी क्षेत्रका देउराली पाटन, खेतालि पाटन, चाखुरे पाटन भालुपाटन , कोटेकालिमुरी पाटनको हरियाली मात्र होइन ती पाटनमा नाच्दै उड्ने डाँफे, मुनाल चिरकालीज अनि उफ्रीदै बुर्कुसी खेल्ने कस्तुरी, मृग, बाघ, भालु अनि विश्वकै दुर्लभ रेडपान्डाको फरक विशेषताले त्यहाँ पुग्ने जो कोहीलाई पनि लोभिएर फर्किन बाध्य भएका हुन्छन ।

स्वर्ग नै भुलायो साईक्वारीले !

। बारेकोटको साईक्वारी पुगेपछि स्वर्ग पुगे जस्तै हुन्छ । दन्त देखाएका हिउका भेगहरु बादलहरुले ढाकेका पहाडी भेगहरु देख्दा गाउँतीर झर्ने मनै लाग्दैना । त्यहाँ पुग्दा एउटा बच्चा भएको भैसी किनेर आजिवन त्यतै रमाउँ हराउँ जस्तै हुन्छ । आनन्दको संसारमा कसरी बाहिरीको छौ त्यो पनी थाहा हुदैना । यो बारेकोटको साईक्वारीमा पुगेका हजारौ मानिसहरु साहेद फर्किना गा्ररो हुन्छ होला ।

तपाईको स्वर्गमा ,राज्यको नजरमा परेको छैन ।

जब साईक्वारीको हावा मन्द मन्द शरिरमा मात्र नभएर मनमा गुन्जीन्छ । अनि लाक्छ । साहेद स्वर्ग यहीँ हो । शिरशिरे हावाको काधँमा बसेका मनका मैनाहरु पनी यतीबेला फरक रहेका छन । हावाको स्थान संगै बाटोमा लम्की रहदा भित्र फरक मनका दृष्यहरु पाईरहेका हुन्छ । साइक्वारीको वरीपरि सानाठुला खोला ताल तलैयाहरुकोहरुले गर्दा कुनठाउँमा आफनो पैदल जान्छ । थाहा हुदैना ।

टल्कीएका हिमशृङ्खला !

“टलक्क चम्किरहेका हिमशृङ्खला, कतै चिसो र मन्द हावा अनि विभिन्न जातका बोटविरुवा अनि पाटनभरि फुलिरहेका रंगीचंगी फूलहरुले सजाएको क्षेत्र हो साइक्वारी पटन । सदरमुकाम खलङ्गादेखि करिब तीन देखि चार घण्टाको गाडीको यात्रापछि तीन दिनको पैदल यात्रापछि पुगिने साइक्वारी सुन्दर पर्याटकीय क्षेत्र हो, जो राज्यका निकायको नजरमा परेको छैन ।

वडा नम्बर ४ मा अबस्थित साईक्वारी क्षेत्र प्राकृतिक सुन्तरता र धार्मिक बिश्वास समेत रहेको छ । साईक्वारीको क्षेत्रमा रहेका मन्दिरहरुमा बर्खे पुर्णिमाहरुमा त्यहाँ भक्तजनहरुको बाक्लो उपस्थिती रहेको हुन्छ ।
तीर्थालु यात्राको संसार सत्ययुगमा !

सत्ययुगमा भगवान् शिवजीले मृतावस्थाकी सत्यदेवी पार्वतिको देह बोकेर संसार घुमाउने क्रममा थाकेपछि शिवजीले थकाइ मार्न बास बसेको स्थान भएकोले यसको नाम साइक्वारी हो भन्न पुर्खेउली बाट भेटिन्छ । सत्ययुगमा यो साइक्वारीमा शिव भगवान् बास बसेको र सत्यदेवीको अङ्ग पनि पतन भएको त्यहाँका स्थानियहरुको भनाई छ ।
कर्णालीका बिभिन्ना जिल्लाबाट धार्मिकतालाई बिश्वास गर्ने भक्तजनहरु,महाभारतको मध्यरातमा डुबेको जस्तै हुन्छ ।

हामी सपनामा छौ या बिपनामा छौ केबल थाहा नै नभएको भक्तजनहरु बताउँछन । बिभिन्ना पुर्णिमाहरुमा मुगु,डोल्पा,कालिकोट,रुुकमपश्चिम,लगाएतका कर्णालीका जिल्लाहरुबाट तीर्थालु भनेर आउँनेहरुको भिडनै भएको हुन्छ ।
गन्तब्य मोडियो गोरेटो मोडियो !

यस्तो धार्मि स्थललाई स्थानिय,प्रदेश,केन्द्रिय सरकारको नजर पुगेको छैन । एकपटक तपाईको खुल्लाह आकाशंमा हेलिकोप्टर हिडाउँनेहरुले साईक्वारीको नजरबिन्दुमामा पस्ना सकेका छैनन् । केन्द्रिय र प्रदेश राज्यको सौतेनी ब्यवाहरमा रहेको साईक्वारी क्षेत्र प्राकृतिक सुन्दरताले भरीएता पनी यहाँका मठमन्दिरहरु जिर्ण भएका छन । सुन्दर पर्याटकिय क्षेत्र ठाकुरजी गाथ र साइक्वारी पाटनको प्रचार, विकास र प्रबर्धनको लागी अहिले सम्म बेखबर भएको छ ।

बिशेष तस्विरमा सहयोग : सुरेन्द्र सुमन ,राजबहादुर सिंह