इन्टरनेट सेवा नहुदा कामकाज ठप्प, मर्मत गर्न नेपाल टेलिकम जुम्ला बेखबर

नेपाल टेलिकमको इन्टरनेट सेवा नचल्दा निजि कम्पनी हावी

जुम्ला- साविकको कर्णाली अञ्‍चलको मुटुको रुपमा रहेको जुम्ला खलंङ्गामा  नेपाल टेलिकमको  कहिले मोबाईलमा नेटवर्क त कहिले एडीएसएल सेवा पटक पठक अवरुद्ध हुदा जुम्लीबासीले ठुलो सास्ती व्यहोर्नु परेको छ ।

यस अगाडी झण्डै ४ दिन जति मोबाईलमा नेटवर्क नआएर हैरान भएका जनताहरु अहिले भने नेटवर्क देखाएपनि काम गरेकाे र एडिएसएल सेवाले काम नगरेका कारण थप समस्यामा परेेका छन् । गत शुक्रबार  देखि अबरुद्ध भएको नेपाल टेलिकमको एडिएसएल सेवा सुचारु नहुदा अनलाइनबाट हुने कामहरु ठाउँकोठाउँ रोकिएका छन् । कोरोना भाईरस (कोभिड -१९) को महामारीका कारण  विद्यालयहरु बन्द हुदा विद्यार्थिहरुले घरमै बसेर अनलाइन कलाश लिने भएकाले इन्टरनेट सेवा नहुदा ठुलो संकट भएको छ । यसरी अति आवश्यक इन्टरनेट सेवा प्रति नेपाल टेलिकमले पटक पटक गैर जिम्मेवार भै बस्नु राम्रो नभएको जानकारहरु बताउछन ।

देशकै आर्थिक रुपले सम्पन्‍न मानीने नेपाल टेलिकमले मर्मतको समान सम्बन्धीत ठाउमा पुर्‍याउन वा जडान गर्न एक हप्ता भन्दा पढी लगाउनुले टेलिकमको गम्भिर लापरबाही भएको स्थानिय एकराज देबकोटाको भनाइ छ । नेपाल टेलिकमको एडिएसएल सेवामा गुणस्तर नहुनुले  जुम्लामा च्याउ जसरी उम्रीएका विभिन्न निजी इनरनेट नेटवर्कहरु प्रति जनताको आकर्षण वढेको देबकोटा बताउछन ।

नेपाल टेलिकमको एडिएसएल सेवा अबरुद्ध हुँदा पनि कुन ठाउँमा के भएको छ र मर्मतको लागि कति समय लाग्ने भन्ने बारे  स्थानिय सञ्‍चार माध्यामहरुवाट जनताहरुलाई जानकारी समेत  नगराउँदा एडिएसएल प्रयोगकर्ताहरु अन्यौलमा पर्ने गरेका छन् । जुम्लामा इन्टरनेटको सेवामा गुणस्तर नभएकोले धमाधम रिचार्ज मात्र हाल्ने र सो रकम प्रयोग गर्न नपाउने  भएकोले उक्त क्षतिपुर्तिको जिम्मेवार स्वयम् नेपाल टेलिकम हुन पर्ने सेवाग्राहीको माग छ ।