निर्माणमा लापरबाही हुदा सडक जोखिममा

जाजरकोट सदरमुकाम भित्रकै सडक जोखिममा रहेका छन । सडक निर्माण कम्पनिले लापर्बाही गर्दा जोखिम बढेको हो । जाजरकोटको शान्ति चौतारा देखि कालेगाउँसम्माको ६ किलोमिटर सडक कालोपत्रे भएको डेढबर्ष नपुग्दै भत्किएको छ । निर्माण कम्पनीले सडकको कालोपत्रे गर्दा कमसल सामानको प्रयोग, दायाँ र बायाँ किनारमा ढलनिकासकोलागि नालीहरु नकाट्दा डेढबर्षमै सडक जीर्ण भएको भन्दै यहाँका स्थानीय आक्रोशित भएका छन् ।

निर्माणको जिम्मा लिएको राजेन्द्र जलजला कन्स्ट्रक्सन जेभीले सडक निर्माणमा लापरबाही गरेका कारण बर्षायाममा झन जोखिम बढेको स्थानिय रामचन्द्र ज्योतिले बताए । निर्माणका क्रममा तारजाली, मेसिनरीवाल, किनारमा नालीहरु राम्रोसँग नकाटेका कारण सडक छेउछाउमा जोखिम पहिरोको जोखिमबढेको ज्योतीको भनाई छ । नर्माण राम्रो नहुदा न्युरोड, ठाँटीबजार, शान्तिचौतारा लगायतका ठाँउहरुमा पहिरोको उच्च जोखिम बढेको ज्योतिको भनाई छ । कतिपय स्थानमा पहिरो गएको र कतिपय स्थानमा पहिरो जाने खतरा रहेको उनले बताए । २०७५ असोजमा गरेको कालोपत्रे डेढवर्षमै दर्जनौँ खाल्डाखुल्डी पर्दा पनि सरोकारवाला निकाय चुप लागेको ज्योतिको भनाई छ । कम्पनिले कुल ८ करोड ७२ लाख लागतमा कालोपत्रे गर्ने सम्झौता भएको थियो । यता प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सडक पुनः निर्माणकोलागि सरोकार वाला निकायहरुसँग समन्वय र सम्पर्क भइरहेको र बन्दाबन्दीका कारणले निर्माणका सामान आउन नसकेका कारण सडक पुन निर्माणको काम रोकिएको उनले बताए । सडक बिभाग, नगरपालिका र अन्य सबै सँग सडक निर्माणबारे कुरा भइरहेको र अलि केहि सहज बातावरण भएपछि तुरुन्तै सडक निर्माण गरी सवारी आवागमन मा सहजता ल्याउनु का साथै जोखिममा समेत न्युनिकरण ल्याउने प्रजिअ पन्तले बताए ।