प्रेस बिज्ञप्ति जारी गर्दै स्थानियले लगाय वडा कार्यालयमा ताला

राहत बितरणमा अनियमितता भएको मुख्य कारण

जाजरकोटः बारेकोट गाउँपालिकाको वडा न‌ं ५ को वडा कार्यालय तालाबन्दी गरिएको छ । स्थानिय युवाहरुले एक बिज्ञप्ती जारी गर्दै वडा कार्यालयमा तालाबन्दी गरेको घोषण गरेका छन । गत असार २५ गते भएको बाढिपहिरोकाकारण बिस्थापित भएका बास्तविक पिडितले राहत नपाएर हुने खानेले राहत पाएको र पिडितको आवश्यक्ता पुर्ति नभएकोले तालाबन्दी गरीएको स्थानियको भनाइ छ ।

भाद्र १ गते वडामा बसेको वडाका जनप्रतिनिधी र सरोकारवालाहरुको बैठकमा भएको निर्णय विपरित कार्यगरी आफ्नालाइ सिफारिस दिने र पिडितलाइ सिफारिस नदिएको भन्दै स्थानिय १६० भन्दा बढी युवाहरुले हस्ताक्षर सहित बिज्ञप्ती निकालेरै ताला बन्दी गरेको जानकारी दिएका छन ।  गाउँपालिकाको बिपद व्यवस्थापन समितिले समेत मनोमानि गरेकाले पिडितको माग सम्बोधन नहुन्जेल सम्म तालाबन्दी गरीने बिज्ञप्तीमा उल्लेख छ ।