विपी कोइराला स्कुल अफ पव्लीक पोलीसीको कर्णाली संयोजकमा बस्नेत

नेपाली काँग्रेसका सस्थापक नेता विपी कोइरालाको विचार र मान्यताहरु प्रचार गर्न गठित विपी कोइराला स्कुल अफ पव्लीक पोलीसीको कर्णाली प्रदेश संयोजकमा जाजरकोटका ललित वस्नेत मनोनयन भएका छन् । नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष समेत रहेका वस्नेतलाइ पोलसीको विधान २०७३ अनुसार आइतवार कर्णालीको संयोजक तोकिएको हो ।
नेपाली राजनीतिका शिखर पुरुष एवम पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक विपी कोइरालाका आधारभुत मान्यतालाइ आम युवाहरुका माझ लोकप्रिय वनाउने उद्दृेस्यले पोालिसीको संगठन देश व्यापी रुपमा विस्तार गर्न सातै प्रदेशका संयोजक तोक्ने क्रममा जाजरकोटका वस्नेतलाइ कर्णालीको संयोजक तोकिएको वताइएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्वर ११का स्थानीय वस्नेत एक दशक देखि काँग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिमा क्रियाशील रहेका छन् ।
पोलसीको कर्णाली संयोजकको मनोनयनले आफुलाइ नेपालमा लोकतान्त्रिक समाजवादलाइ मौलिक रुपले उदय गराउने जननायक विपी कोइरालाका मान्यता विचार र आदर्शहरुलाइ युवाहरुका माझ स्थापित गराउने महत्वपुर्ण जिम्मेवारी प्राप्त भएको संयोजक वस्नेतले वताए । उनले जहाँनिया राण शासनका विरुद्ध लडेर प्रजातन्त्र प्राप्ति पछि विपी कोइरालाले कल्पना गरेको समृद्ध नेपालको चित्र र युवा शक्तिका वारेमा व्यक्त गरेका विचारहरुलाइ कर्णालीका सवै युवाहरुका माझ पुरयाउ सक्रिय भएर लाग्ने वताए ।
समृद्ध र विकसित नेपालको प्रमुख आधार र उर्जाको रुपमा रहेको युवा शक्तिलाइ नेपाली राजनीतिका युगपुरुष कोइरालाका विचारहरु, मान्यताहरु र आदर्शहरु विकास र समृद्धिको यात्रामा निकै पछि परेको कर्णालीका युवाहरुका माझ पुरयाउने आफनो प्रमुख कार्यभार रहेको संयोजक वस्नेतले वताए । पोलिसीका अनुसार प्रदेश नम्वर १ मा डाक्टर शिवशंकर शाह, प्रदेश २ मा मोहम्वद फिरोज आलम, वाग्मती प्रदेशमा सुदीप वर्ताैला, गण्डकी प्रदेशमा नारायण पाण्डे, प्रदेश ५मा अर्जुन खनाल , कर्णालीमा ललित वस्ने र सुदुरपस्चिम प्रदेशमा प्रितवहादुर विस्ट संयोजक तोकिएका छन् ।