अधिकारकर्मीले बुझाए ज्ञापन पत्र,रौतहट दोषीलाई कारवाहीको माग !

दलित बस्तीका मुद्धा बिचबाटो मै किना ?

जाजरकोट । जातिय बिभेदकै कारण गत साउनको ३१ गते रौतहटको गरुडा नगरपालिका–८ जिंगडिया टोलका निरन्जन रामको घाँटी रेटेर क्रुर पुर्वक हत्या गरियो ।

उक्त हत्याकाण्डको बिरुद्ध दोषीलाई कारवाहीको माग गर्दै जाजरकोटका दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।

उक्त ज्ञापन पत्र बुझाउदा जाजरकोटकी दलित अधिकारकर्मी पार्वती बि.क ,अधिकारकर्मी धनमल बि.क,देवी परियार,झुपी सुनार,सीता सुनारले निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीलाई बुझाएका थिए ।

“ज्ञापन पत्रमा पछील्लो समयमा देशभरी जातिय बिभेदकै कारण क्रुरता पुर्बक हत्या भईरहदा सम्वन्धीत निकायहरु प्रहरी प्रशासनबाट वेवास्ता भएको छ । बिडम्बना सरकारले भने यस्ता मुद्धाहरु बिचबाटो मै हराउदै आएका छन ।

                                                                                   ज्ञापन पत्र