क्वारेन्टाइन रआइसोलेशनमा बसेकालाई फलफूल र स्वास्थ्य सामग्री !

क्वारेन्टाइन मै रेडक्रम दिवस !

१९ भदौ, जाजरकोट । नेपाल रेडक्रस स्थापना दिवसको अबसरमा जिल्लाको भेरी नगरपालिका ३ खलंगाको  क्वारेन्टाइन र आइसोलेशमा रहेकालाई   स्वास्थ्य सामग्री र फलफूल बितरण गरिएको छ ।

शुक्रबार रेडक्रस शाखा जाजरकोटको आयोजनामा त्रिभुवन माध्यमिक विद्यालयमा ,भेरी ज्ञानोदय क्याम्पस ,जाजरकोट अस्पतालमा भएका  क्वारेन्टाइन तथा आइसोसनमा रहेका ४३ जनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको कोभिड-१९ पुर्ब तयारी तथा प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक जनकबहादुर सिंहले बताए ।

संयोजक सिंहका अनुसार  क्वारेन्टाइनमा रहेका २१ जना र आइसोलनमा रहेका २२ जनालाइ प्रति व्यक्ति दुइ हजार ९ सय का दरले स्वास्थ्य सामाग्री र फलफुल वितरण गरिएको छ । बितरण  रुमाल, सावुन, मन्जन, व्रस, मास्क, नङकट, झोला, लगायतका सामग्री बितरण भएको थियो ।

हरेक बर्षको  ।  भदौ १९ गते मनाउदै आएको रेडक्रस दिवस यो बर्षपनि जिल्लाका आइसोलेशन र क्वारेन्टाइनमा भएकाहरुलाइ स्वास्थ्य सामग्री बितरण गर्न

नेपाल रेडक्रस सोसाइटी जाजरकोटका पुर्व सभापति एवम केन्द्रिय सदस्य सनतककुमार कार्की, भेरी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष लिलावहादुर शाह लगाएतका

रेडक्रसक्रर्मीहरुको उपस्थितिमा रहेको थियो ।