मन्त्रिमण्डल फेरबदल नगर्ने ओलीको अर्को अडान

१९ भदौ, काठमाडौं । नेकपा कार्यदलको प्रतिवेदनलाई लत्याउदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनगर्ठन नगर्ने अडान लिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नगर्ने बताएका हुन् ।

आन्तरिक विवाद मिलाउन नेकपाका महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले मन्त्रिपरिषद पुनर्र्गठन गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावअनुसार विवाद मिलाउन अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुलाई मन्त्री बनाउनुपर्ने दबाब ओलीमाथि थियो ।

तर बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्नेबाहेक ओलीले कार्यदलले दिएका अरु सुझाव कार्यान्वयन नगर्ने संकेत दिएका छन् । अहिले रिक्त रहेका अर्थ र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा तत्कालै आफू निकटका नेताहरुलाई मन्त्री बनाउने तयारी भएपनि कार्यदलले दिएको सुझाव अनुसार मन्त्रिपरिषद पुनर्गठन नहुने देखिएको हो ।

नेकपा कार्यदलको प्रतिवेदनलाई लत्याउदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनगर्ठन नगर्ने अडान लिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नगर्ने बताएका हुन् ।

आन्तरिक विवाद मिलाउन नेकपाका महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले मन्त्रिपरिषद पुनर्र्गठन गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावअनुसार विवाद मिलाउन अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुलाई मन्त्री बनाउनुपर्ने दबाब ओलीमाथि थियो ।

  • तर बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्नेबाहेक ओलीले कार्यदलले दिएका अरु सुझाव कार्यान्वयन नगर्ने संकेत दिएका छन् । अहिले रिक्त रहेका अर्थ र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा तत्कालै आफू निकटका नेताहरुलाई मन्त्री बनाउने तयारी भएपनि कार्यदलले दिएको सुझाव अनुसार मन्त्रिपरिषद पुनर्गठन नहुने देखिएको हो ।