जाजरकोटका प्रविन – युवा परिषद् कर्णालीको उत्कृष्ट संयोजकमा सम्मानित ! 

काममा कर्मठ बन्छु - संयोजक वि. क

खलंगा ०३ असोज । नेपाल युवा परिषद् जाजरकोटका संयोजक प्रविन वि.क , युवा परिषद् कर्णाली प्रदेश, १० जिल्लाको उत्कृष्ट संयोजकका रुपमा सम्मानित भएका छन ।

बिहिबार र शुक्रबारको जुम भर्चुअल कार्यक्रमबाट संयोजक विकलाई सम्मानित गरिएको हो ।

उक्त भर्चुअल कार्यक्रममा प्रमुख अथितीका रुपमा, कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी,मन्त्री विमला के.सी , लगायतको टोलीले शुक्रबार कर्णाली प्रदेश जिल्लाहरूका संयोजक मध्य प्रविनलाई समानित गरेको युवा परिषद् कर्णाली प्रदेशले जानकारी गराएको छ ।

भर्चुअल कार्यक्रममा उनलाई युवाहरुको विषयमा उत्कृष्ट भूमिका खेलेको भन्दै नेपाल युवा परिषद कर्णाली प्रदेशले भ्रमण बर्ष २०२० को उपाधि समेत दिएको छ ।

जाजरकोट – युवाहरु ढुकढुकी का रुपमा चिनिएका उदाउँदो तारा प्रविन यता लामो समय देखि सामाजिक क्षेत्रमा कार्यरत भएका छन् । यतिबेला उनले गरिब तथा विपन्न , बाढी पहिरो प्रभावित, परेकाहरूलाई कयौ लाई राहत तथा उद्धार गरेका थिए ।

यतिमात्र नभई उनले बालबालिका, किशोरीहरुका स्वास्थ्य, शिक्षा, रोजगारका विषयमा पनि निरन्तर आफ्नो आवाज बुलन्द पार्दै आएका छन् ।

उक्त २ दिने भर्चुअल कार्यक्रममा संयोजक प्रविन लगायत कर्णालीका १० जिल्लाहरूका संयोजक तथा प्रतिनिधिहरूको उपस्थिरहेको थियो । उत्कृष्ट संयोजकमा सम्मानित भएका प्रविन,आफ्नो युवाको यात्रा, सँग सँगै , समाजसेवा पक्षको यात्रामा पनि सक्रिय रुपमा अग्रसर तारा बन्दै आएका छन् ।

संयोजक प्रविनले आफ्नो कामको मूल्यांकन भएको छ । अझै काममा कर्मठ हुने उनको भनाई रहेको छ ।